१३ असोज २०८३, मंगलबार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान: ‘डिजिटल हिंसा अन्त्य गरौँ, सबैका लागि सुरक्षित अनलाइन’


अ
अ+
अ-

काठमाडौं, मंसिर ९ । महिलामाथि हुने हिंसा सार्वजनिक स्वास्थ्य र मानवअधिकार दुवैका लागि गम्भीर संकट बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्व एशियाकी कार्यवाहक अधिकारी डा. क्याथरिना बोहमका अनुसार दक्षिण–पूर्व एशिया क्षेत्रमा नजिकै एक–तिहाइ अर्थात् ३१.५ प्रतिशत महिलाले आफ्नो जीवनकालमा घनिष्ठ साझेदारबाट हिंसा हुने गरेका छन्, जुन विश्वका अधिकांश क्षेत्रभन्दा उच्च दर हो ।

अहिले डिजिटल माध्यमबाट हुने हिंसा अझै तीव्र गतिमा बढिरहेको डब्लुएचओले जनाएको छ । साइबरस्टकिङ, तस्बिर दुरुपयोग, अनलाइन ट्रोलिङ, डक्सिङ र हानिकारक टिप्पणीजस्ता डिजिटल हिंसाका रूप विश्वभर तीव्र रूपमा फैलिँदै छन् । यूएन वुमेनका अनुसार विश्वका १६ देखि ५८ प्रतिशत महिलाले कुनै न कुनै रूपमा प्रविधिमार्फत हिंसा भोगेका छन् । भारत, श्रीलंका र मलेसियाका तथ्यांकले कोभिड–१९ लकडाउनका बेला महिलामाथि घृणासूचक अनलाइन सामग्री १६८ प्रतिशतले बढेको देखाएको छ । एशिया–प्रशान्तका ६० प्रतिशत महिला सांसदले समेत अनलाइन आधारित लैङ्गिक हिंसाको अनुभव साझा गरेका छन् ।

डा. बोहमका अनुसार यस प्रकारको हिंसाले महिलाको मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सहभागिता र समानताको हकमा गम्भीर असर पारिरहेको छ । “असमानता बढाउने र महिलाको आवाज दबाउने यी सबै रूपका हिंसा वास्तविक, मापनयोग्य, रोकथाम योग्य र बिल्कुलै अस्वीकार्य छन्,” उनले भनिन् ।

यही पृष्ठभूमिमा यस वर्ष ‘लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान’ ‘डिजिटल हिंसा अन्त्य गरौँ : सबैका लागि सुरक्षित अनलाइन ठाउँ’ भन्ने मूल नारासहित मनाइँदै छ । अभियानले अनलाइन हिंसा पनि वास्तविक हिंसाकै रूप भएको र डिजिटल वातावरणमा पनि सुरक्षा, सम्मान र मर्यादाको समान रक्षा हुनुपर्ने स्मरण गराएको छ ।

डब्लुएचओका अनुसार स्वास्थ्य प्रणालीले लैङ्गिक समानता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । संस्थाको १४औँ कार्ययोजना (२०२५–२०२८) ले स्वास्थ्य सेवाको पहुँच र वित्तीय सुरक्षा सुधारमार्फत असमानता घटाउने लक्ष्य राखेको छ । दक्षिण–पूर्व एशियाका लागि तयार गरिएको ‘रिजनल रोडम्याप फर रिजल्ट्स एन्ड रेजिलिएन्स’ ले महिलामाथि लगानी बढाउन सदस्य राष्ट्रहरूलाई प्रेरित गरेको छ । साथै, ‘रिस्पेक्ट वीमेन— हिंसा रोकथाम रूपरेखा’ को दोस्रो संस्करण नीतिनिर्माताका लागि समग्र मार्गदर्शकका रूपमा ल्याइएको छ ।

डा. बोहमले ‘NO VAW’ (No Violence Against Women) अभियानका पाँच प्रमुख कदम सार्वजनिक गर्दै डिजिटल हिंसा अन्त्यका लागि सबैले साझा जिम्मेवारी लिनुपर्ने बताइन्—

N – डिजिटल सुरक्षाबारे खुला संवाद सामान्य बनाऔँ

O – स्वास्थ्य प्रणालीबाटै जिम्मेवारी ग्रहण गरौँ

V – महिला तथा पीडितका आवाजलाई नीतिको केन्द्रमा राखौँ

A – पुरुष र केटाहरूलाई सहयात्रीका रूपमा सक्रिय बनाऔँ

W – कार्यस्थलदेखि डिजिटल विश्वसम्म सुरक्षित वातावरण निर्माण गरौँ

“स्वास्थ्य र सु–स्वास्थ्य लैङ्गिक समानताका प्रवेशद्वार पनि हुन् र रूपान्तरणका उत्प्रेरक पनि,” उनले भनिन्, “हाम्रो नेतृत्व, आवाज र दैनिक व्यवहार—अनलाइन र अफलाइन—दुवैले परिवर्तन सम्भव बनाउँछ।”

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानसँगै उनले सबैलाई हिंसामुक्त समाज निर्माणमा सक्रिय सहभागी हुन आह्वान गर्दै, “हरेक महिला र बालिका घरदेखि कार्यस्थल, समुदाय र डिजिटल विश्वसम्म सुरक्षित, सम्मानित र सशक्त बन्नुपर्छ,” भनिन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्