२५ भदौ २०८३, शुक्रबार

ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा हेटौँडा र वीरगञ्जमा अन्तरक्रिया तथा स्थलगत चित्रकला कार्यशाला


अ+
अ-

काठमाडौं, मङ्सिर ७ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रदेश तथा स्थानीय तहमा रहेका कला र कलाकारको पहिचान, संरक्षण र प्रवर्धनका उद्देश्यसाथ पछिल्ला दिनमा विभिन्न स्थानमा अन्तरक्रिया तथा कार्यशालाको श्रृंखला सञ्चालन गरिरहेको छ। यहीक्रममा मङ्सिर ५ गते हेटौँडामा र मङ्सिर ६ गते हेटौँडा तथा वीरगञ्जमा कला–सम्बन्धी कार्यक्रम सम्पन्न भएका छन्।

मङ्सिर ५ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा स्याटर्डे प्लेन एअर हेटौँडा शाखा र मकवानपुर हस्तकला सङ्घको आयोजनामा तथा लायन्स क्लब अफ हेटौँडा, न्यु रेन्वो आर्ट ग्यालरी, विश्व आर्ट र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सहयोगमा कर्रा, हेटौँडा–९ मा ललितकला विषयक अन्तर्क्रिया सम्पन्न भएको थियो।

कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानका उद्देश्य, गतिविधि र आगामी योजनाका बारेमा जानकारी गराउँदै देशभर विभिन्न विधाका कलाको पहिचान, संरक्षण र प्रवर्धन प्रमुख लक्ष्य रहेको बताए। उहाँले चित्रकला, मूर्तिकला, लोककला, शिल्प–हस्तकला, परम्परागत कला, वास्तुकला तथा अन्य सृजनात्मक कलाको प्रवर्धनका लागि प्रतिष्ठान सक्रिय रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो।

सो कार्यक्रममा स्याटर्डे प्लेन एअरका केन्द्रीय सचिव दिवेश प्रधानले ललितकलाको महत्त्व र संस्थाले गरिरहेका गतिविधिबारे जानकारी गराए। मकवानपुर हस्तकला सङ्घका अध्यक्ष रेशमराज बज्राचार्यले प्रतिष्ठानसँग सहकार्य गर्दै आगामी दिनमा थप कार्यक्रम अघि बढाइने बताए।

यस्तै, पहिलो दिनको अन्तरक्रियाको निरन्तरतामा हेटौँडा–१०, बुद्धचोकमा एक दिवसीय स्थलगत चित्रकला कार्यशाला सम्पन्न भयो। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा स्याटर्डे प्लेन एअर हेटौँडा शाखा र मकवानपुर हस्तकला सङ्घले गरेको उक्त कार्यशालामा २० जना कलाकारले सहभागिता जनाएका थिए।

वीरगञ्जमा अन्तरक्रिया तथा भोजपुरी लोककला कार्यशाला

त्यसैदिन मङ्सिर ६ गते मधेश प्रदेशको पर्सा, वीरगञ्जमा पनि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले एक दिवसीय अन्तरक्रिया तथा भोजपुरी लोककला कार्यशाला सम्पन्न गरेको छ। त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज र मैथिली विकास कोषको सहकार्यमा आयोजित कार्यक्रममा ‘ललितकला र यसको महत्त्व’ विषयमा सदस्य–सचिव काफ्लेलगायत प्रतिष्ठानका विज्ञहरुले प्रस्तुति राखेका थिए।

वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले भोजपुरी लोककलाको संरक्षण र विकासका लागि स्थानीय समुदायदेखि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको धारणा राखे। शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले भोजपुरी लोककलालाई प्रवर्धन गर्न प्रतिष्ठानले विशेष कार्यक्रम अघि सारेको जानकारी दिइन्।

कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, वीरगञ्ज भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साह, नेपाल कमर्सियल संघ वीरगञ्जका सचिव रामनरेश चौरासिया, वीरगञ्ज संगीत कला परिषद्का उपाध्यक्ष शाविर हुसैनलगायत स्थानीय कला–सम्बद्ध व्यक्तिहरूको सहभागिता थियो।

कार्यशालामा नयाँ तथा पुराना पुस्ताका ३० जना कलाकार सहभागी भएका थिए भने प्रशिक्षण प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अली अन्सारीले दिएका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्