१३ असोज २०८३, मंगलबार

पत्रकार रोशनी अधिकारी पाठक आइयुसिएन क्षेत्रीय परिषद् सदस्य निर्वाचित


अ
अ+
अ-

काठमाडौं, असाेज ३० । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ( आइयुसिएन) का लागि पूर्वी र दक्षिण एसिया क्षेत्रबाट नेपालको तर्फबाट रोशनी अधिकारी पाठक क्षेत्रीय परिषद् सदस्य ( रिजनल काउन्सिलर )मा निर्वाचित भएकी छन्। उनी सन् २०२६ देखि २०२९ कार्यकालका लागि चयन भएकी हुन्।

यो निर्वाचन हालै सम्पन्न आइयुसिएन वर्ल्ड कन्जरभेसन कंग्रेस २०२५ का अवसरमा ९ देखि १५ अक्टोबरसम्म अबुधाबीमा भएको थियो। उक्त निर्वाचनमा नेपाल, भारत, चीन, पाकिस्तान, जापान, मलेसिया र इन्डोनेसियासहित सात देशका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

रोशनी अधिकारी पाठक एक अनुभवी वातावरण पत्रकार र संरक्षण अभियन्ता हुन्। उनले जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, र लैङ्गिक समानताका क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय योगदान दिँदै आएकी छन्। उनी नेपाल वातावरण पत्रकार समूह (नेवापस, नेफेज)की पूर्व अध्यक्ष र एसएमसिआरएफकी बोर्ड सदस्य समेत रहेकी छन्।

कार्यक्रमको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको सहभागिता थियो। नेपाली प्रतिनिधिमण्डलमा सरकारी तथा गैर–सरकारी क्षेत्रका प्रतिनिधिहरू समावेश थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदकुमार ढकालले सरकारी टोलीको नेतृत्व गरेका थिए भने अबुधाबीस्थित नेपाली दूतावासकी उपप्रमुख रञ्जिता ढकाल पनि सहभागी थिइन्।

सो अवसरमा नेपालका गैर–सरकारी संस्थाहरूले “रेड पाण्डा कार्पेट इभेन्ट” पनि आयोजना गरेका थिए, जसको उद्घाटन उपप्रमुख रञ्जिता ढकालले गरेकी थिइन्। साथै, अक्टोबर १२ मा अबुधाबीस्थित नेपाली दूतावासले आइयुसिएन सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलसँग अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको थियो।

यसैबीच, आइयुसिएनको महासभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व र देश प्रतिनिधिहरू चयन गरेको छ। यसलाई संघले आफ्नो २० वर्षे रणनीतिक दृष्टिकोण र नयाँ चार वर्षे कार्ययोजना कार्यान्वयनतर्फको महत्वपूर्ण चरणको रूपमा लिएको छ। संयुक्त अरब इमिरेट्सकी रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आइयुसिएनकी अध्यक्षमा पुनर्निर्वाचित भएकी छन्।

आइयुसिएन वर्ल्ड कन्जरभेसन कंग्रेस हरेक चार वर्षमा आयोजना गरिन्छ, जसमा सरकार, वैज्ञानिक, निजी क्षेत्र र आदिवासी समुदायका प्रतिनिधिहरू सहभागी हुन्छन्। यसपटकको सम्मेलनले जलवायु अनुकूलन, जैविक विविधता संरक्षण, र दिगो विकासका विषयमा विश्वव्यापी साझा कार्ययोजना तय गरेको छ।

नेपालका सन्दर्भमा, आबुधावीस्थित नेपाली दुतावासले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएको छ — “तराईदेखि हिमालसम्म फैलिएको नेपाल जैविक विविधताको दृष्टिले अत्यन्त समृद्ध देश हो। एकसिङ्गे गैडा, बंगाल पाटे बाघ, रातो हाब्रे र हिउँचितुवाजस्ता दुर्लभ प्रजातिहरू नेपालकै गौरव हुन्। तर पछिल्ला विपद र जलवायु संकटले नेपाललाई अझ संवेदनशील बनाएको छ।”

दूतावासले जनाएको छ, नेपालले अब आइयुसिएन नेतृत्वमा रहेर जलवायु प्रतिरोधी विकास, सामुदायिक लचिलोपन र वैज्ञानिक नवप्रवर्तनसँगै परम्परागत ज्ञानको संयोजनमार्फत दिगो संरक्षण पहललाई अगाडि बढाउनेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्