संसारलाई बदल्ने तीन स्याउ
‘थ्री एप्पल चेन्ज्ड दि वल्र्डः एडम्स्, न्यूटन्स एण्ड स्टिभ जब्स ।’
यी शब्दहरू पर्सनल कम्प्युटर तथा कम्प्युटिङ उपकरणका विश्वविख्यात निर्माता तथा विश्वमा उच्च साख जमाउन सफल अमेरिकी कम्पनी एप्पलका सह–संस्थापक स्टीव जब्सको निधनमा सामाजिक संजालहरूमा अभिव्यक्त अनगिन्ती श्रद्धाञ्जलिहरूमा समावेश भएका शब्दहरू थिए । ट्विटर, फेसबुकजस्ता समामाजिक संजाललगायत इन्टरनेटका प्रायः सबै स्थानहरूमा स्टीव जब्सलाई अमेरिका मात्र होइन विश्वमै ख्याति कमाउन सफल एप्पल कम्पनीको लागि प्रमुख तागत बताइएको थियो । उनले म्याक कम्प्युटर ( म्याकन्टोस कम्प्युटर), आइपड, म्युजिक प्लेयर्स, आईफोन मोबाइल तथा आईप्याड ट्याबलेट पर्सनल कम्प्युटर जस्ता विश्वमै तहल्का मच्चाउने खालका उत्पादनहरू बजारमा ल्याएर आफ्नो विलक्षण प्रतिभाको परिचय दिएका थिए ।
आधुनिक टेक्नोलोजी उद्योग जगतका सुपर स्टारहरूमा गनिने स्टीब जब्स आफ्नो करियरको सुरुवाती अवस्था अर्थात युवा अवस्थामा सुख र शान्ति र समृद्धिको खोजी तथा निर्वाण प्राप्तिका लागि भारतको भ्रमण गरेको बताइन्छ । तर उनलाई त्यहाँ सन्तोष प्राप्त हुन सकेन र पुनः अमेरिका फर्के । त्यसबेला उनले भारतलाई आफुले कल्पना गरेको भन्दा पनि गरीब पाए तर कालान्तरमा २०००को दशकमा जुनबेला उनले भारतमा कम्प्युटर व्यापारको लागि एक संयन्त्र स्थापना गर्ने बारेमा सोचिरहका थिए, त्यसबेला चाहि उनलाई भारत आफ्नो कम्प्युटर ब्यापारको लागि महंगो स्थान पर्ने लाग्यो र उद्योग स्थापना गर्न सकेनन् । उनले ७० को दशकमा गरेको भारत भ्रमणबाट उब्जेको असन्तुष्टिका कारण नै उनको प्रवेश टेक्नोलोजी उद्योग जगतमा भयो र उनले एप्पल कम्पनीको स्थापना गरे ।
उनको जीवनी ‘द लिटिल किंगडम–द प्राइवेट स्टोरी अफ एप्पल कम्प्युटर’मा जब्सलाई यस्तो भन्दै उद्धृत गरिएको छ– “यो मलाई पहिलो पटक लाग्न थालेको थियो कि विश्वलाई राम्रो बनाउनको लागि कार्ल माक्र्स तथा नीम करौली बाबाले मिलेर जति योगदान गरेका छन् सायद थोमस एडिसन एक्लैले त्योभन्दा बढी योगदान दिएका छन् ।”
जब्स १८ वर्षको उमेरमा आफ्नो साथी डैन कोटकेका साथ नीम करौली बाबासँग भेट्न पुगेको थिए । दुबै अमेरिकी युवाहरू आफ्नो कलेजको पढाई बिचमै छोडेर भारत आएका थिए । पछि अमेरिका फिर्ता भएपछि एप्पल कम्प्युटरका पहिलो कर्मचारीका रुपमा स्थापित भएका थिए । अमेरिका फर्कदा जब्स स्वास्थ्य सम्बन्धी समस्याले ग्रस्त थिए ।
राम्रा उत्पादनहरू प्रस्तुत गरेर ख्याति कमाएका स्टिबले आफ्नो उत्पादनका विषयमा विभिन्न आलोचनाहरू पनि खेप्नु परेको थियो । विशेष गरेर उनका उत्पादनहरू पुर्नप्रयोग हुन नसक्ने, महंगो र वातावरण मैत्री नभएको भनेर आलोचना गर्ने गरिएको थियो । तर यी सब उनको विशेषता नै थियो । उनले केबल प्रविधिको उच्च प्रयोग र ग्राहकको सुविधालाई मात्र ध्यान दिने गरेका थिए । महंगो भएर पनि आइफोन किन्नको लागि अमेरिकाजस्तो देशमा पनि मानिसहरू लाइनमा बस्नु परेको कुरा यथार्थ थियो । सोभन्दा पहिलेका एप्पलका उत्पादनहरूको पनि माग जहिले पनि उच्च रहेको थियो । किनकि एप्पलका जुनसुकै उत्पादनहरू पनि चिटिक्क परेको सुन्दर र उच्च प्रविधियुक्त रहेका थिए ।
एप्पलको पछिल्लो उत्कृष्ट उत्पादन आईफोन–४ बजारमा लन्च गरिदा स्टिब जब्स उपस्थित थिएनन् जबकि एप्पल कम्पनीको लागि यो पछिल्लो केही वर्ष यताको कम्पनीको पहिलो विशाल आयोजना थियो । स्वास्थ्यसम्बन्धी समस्याका कारण अगस्त महिनामा नै जब्सले कम्पनीको कार्यकारी प्रमुख पदबाट राजिनामा गरिसकेका थिए । जब्सका उत्तराधिकारीका रुपमा प्रस्तुत भएका सिइओ टीम कुकले यस आयोजनाको अगुवाई गर्दै नयाँ आइफोन ४ लन्च गरिएको थियो । यो आइफोनलाई एप्पलको उत्कृष्ट उत्पादन बताइएको छ । जसमा ड्युलकोर ए–५ प्रोसेसर जडान गरिएको छ । यस फोनलाई सामसुङले बनाएको हो । यसमा अन्य मोबाइलहरू भन्दा ७ गुणा राम्रो ग्राफिक्स रहने भनिएको छ जसका कारण भिडियो तथा गेमहरूको बढी आनन्द लिन सकिनेछ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment