१३ असोज २०८३, मंगलबार

ओभरियन क्यान्सर उपचारका लागि समाजसेवी धनकुमारीको स्वास्थ्य सहयोग अपील


अ
अ+
अ-

काठमाडौँ, साउन २९ । श्रमिक, किसान, महिला तथा दलित अधिकारका लागि तीन दशकभन्दा बढी समयदेखि सक्रिय समाजसेवी तथा राजनीतिकर्मी धनकुमारी सुनारले ओभरियन क्यान्सर उपचारका लागि सहयोगको अपिल गरेकी छन्।

सुनार १४ वर्षको उमेरदेखि मजदुर र किसान आन्दोलनमा होमिएकी हुन्। उनले २०४६ सालको जनआन्दोलन, दलित तथा महिला अधिकार आन्दोलनमा सक्रिय सहभागिता जनाइन् र २०६४–२०६८ सालमा राष्ट्रिय महिला आयोगकी सदस्यको रूपमा कार्यसम्पादन गरिन्। मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रमा श्रमिकको रूपमा काम गर्दै रात्रीकालीन विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी सुनार हाल सामाजिक अभियन्ता हुनुका साथै त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा विद्यावारिधी गरिरहेकी छन्।

२०८१ माघमा स्वास्थ्य समस्या देखिएपछि पाटन अस्पतालमा प्रारम्भिक परीक्षण गराएकी सुनारलाई तेस्रो चरणको ओभरियन क्यान्सर भएको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा पत्ता लाग्यो। त्यसपछि उनले दिल्लीको आयुर्वेद अस्पताल, एम्स अस्पताल र अन्य केन्द्रमा उपचार गराउँदै आएकी छन्।

फागुनदेखि असारसम्म पाँच चरणको केमोथेरापीपछि साउन २१ गते शल्यक्रिया गराएकी सुनार अहिले पोष्ट–अपरेसन उपचारमा छिन्। अहिलेसम्म झन्डै २३ लाख रुपैयाँ खर्च भइसकेको छ, जसमा ९ लाख रुपैयाँ शुभेच्छुकको सहयोगबाट संकलन भएको उनले बताइन्। आगामी उपचारका लागि थप २० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको सहयाेग अपीलमा उल्छलेख छ।

“यो कठिन घडीमा तपाईंहरूको साथ र सहयोग नै मेरो लागि सबैभन्दा ठूलो आधार हो,” सुनारले लेखेकी छिन्, “म आफ्नो सार्वजनिक भूमिकामा छिट्टै फर्कने विश्वास लिएकी छु।”

सुनार र उनको परिवारले देश–विदेशका मनकारी व्यक्तिहरूलाई उपचार सहयोगका लागि अपील गरेका छन्। धनकुमारीलाई सहयाेग गर्न चाहनेहरूले तलकाे गाे फण्डकाे लिंकमा गएर तथा क्यू आर काेडमार्फत पनि सहयाेग गर्न सकिन्छ ।

https://www.gofundme.com/f/help-dhana-kumari-fight-ovarian-cancer

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्