१३ असोज २०८३, मंगलबार

जन्मदर्ता प्रमाणपत्र नभएका विद्यार्थीलाई फाराम भर्न दिनु पर्ने माग


अ
अ+
अ-

काठमाडौं, भदौ ३ । जन्मदर्ता प्रमाणपत्र नभएका करिब २५ हजार विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने अवसरबाट वञ्चित नहोस् भन्ने माग लिएर राष्ट्रिय सभा सदस्य मदनकुमारी साह ‘गरिमा’ ले आज सरकारको ध्यानाकर्षण गराएकी छन्।

राष्ट्रिय सभाको आजको बैठकमा सभा अध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गर्दै सांसद साहले बुवा-आमाको पहिचान नभएका विद्यार्थीहरूको एक ठूलो समूह शैक्षिक प्रक्रियाबाटै बाहिरिन बाध्य भएको चिन्ता व्यक्त गरेकी हुन् । उनका अनुसार, प्राविधिक कारणले गर्दा यी विद्यार्थीहरूले आधिकारिक रूपमा जन्म दर्ता गर्न सकेका छैनन्, यही कारण उनीहरू एसईई जस्ता महत्पूर्ण परीक्षामा फार्म भर्न तथा सामेल हुन पाउँदैनन्।

फार्म भर्न नपाउँदा उनीहरूको शिक्षाको अधिकार सीधै प्रभावित भएको छ। सांसद साहले यो समस्या केवल मानवीय नभई देशको शैक्षिक प्रगतिमा पनि एक ठूलो बाधकको रूपमा रहेको जनाएकी छिन् र यसको तत्काल समाधानका लागि सम्बन्धित निकायहरूलाई आवश्यक कदम चाल्न आह्वान गरेकी छिन्।

राष्ट्रिय सभाकाे शून्य समयमा बाेल्दै उनले सरकारसँग उक्त अनुरोध गरेकी हुन्छि । यी विद्यार्थीहरूले आवश्यक कागजात नभए तापनि उनीहरूलाई परीक्षामा बस्न अनुमति दिने विशेष व्यवस्था गर्न तथा तुरुन्तै वैकल्पिक व्यवस्थाहरूको खोजी गर्न माग गरेकी छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्