५ मंसिर २०८३, शनिबार

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव


अ
अ+
अ-

ललितपुर, मंसिर ४ । विपद्का समयमा सञ्चारमाध्यमले भ्रामक सूचना र आतङ्क फैलाउनुको सट्टा तथ्यपरक, संवेदनशील र स्पष्ट कार्ययोजनासहितको 'रियल टाइम' सूचना प्रवाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। क्लाइमेट एक्सन नेपालको आयोजनामा ललितपुरमा सम्पन्न ‘जलवायु तथा विपद्सम्बन्धी सही र संवेदनशील सञ्चार’ विषयक कार्यशालामा विज्ञ र जनप्रतिनिधिले मौसम पूर्वानुमान र विपद् रिपोर्टिङका कमजोरी सुधार्न आवश्यक रहेको औँल्याएका हुन्।
​कार्यशालाका प्रमुख स्रोत व्यक्ति वरिष्ठ पत्रकार रघु मैनालीले विपद्का बेला दिइने अमूर्त र अपूरो सूचनाले सर्वसाधारणको ज्यान जोगाउन नसक्ने बताए। भोटेकोशी बाढीको उदाहरण दिँदै उनले ‘माथि जानुहोला’ वा ‘सतर्क रहनुहोला’ जस्ता अस्पष्ट सन्देशले जोखिमको वास्तविक आकार र सुरक्षित स्थान नखुलाउँदा क्षति बढेको विश्लेषण गरे। विपद् सञ्चारमा प्राविधिक तथ्याङ्कलाई सर्वसाधारणले बुझ्ने सरल सामाजिक भाषामा रूपान्तरण गर्नुपर्नेमा उनको जोड थियो। “विपद्का बेला सूचना आफैँमा राहत हो,” मैनालीले भने, “कहाँ, कहिले, कति तीव्रताको जोखिम आउँदै छ र जोगिन के गर्ने भन्ने स्पष्ट निर्देशन ३० शब्दभित्र र ७–८ कक्षाका विद्यार्थीले बुझ्ने भाषामा तत्काल दिनुपर्छ।”
​पत्रकारिताको सामान्य ‘खबरदारी’ वा ‘स्कोर बताउने’ शैली विपद्का बेला घातक हुने उल्लेख गर्दै मैनालीले पीडितलाई नै दोषारोपण गर्ने, अति सामान्यीकरण गर्ने, हतारमा निष्कर्ष निकाल्ने र लेबल लगाउने प्रवृत्ति त्याग्न सुझाव दिए। विपद्को समयमा निराशा र भय होइन, स्नेह, आशा र विश्वास जगाउने खालको सञ्चार आवश्यक रहेको उनको भनाइ थियो।
​क्लाइमेट एक्सन नेपालका संस्थापक अध्यक्ष उज्ज्वल उपाध्यायले मौसम पूर्वानुमानलाई सनसनीपूर्ण बनाएर प्रस्तुत गर्दा समाजमा अनावश्यक त्रास फैलिने गरेको बताए। सुदूरपश्चिमको पहाडी भेगमा हुने भारी वर्षालाई ‘आज देशभर भारी वर्षा’ जस्ता शीर्षक दिँदा घाम लागिरहेको झापाका किसानसमेत आत्तिने गरेको उदाहरण उनले प्रस्तुत गरे। हालैको भोटेकोशी पहिरो (चौडाइ ६४१ मिटर र लम्बाइ १३६० मिटर) को पूर्वसङ्केत भारतीय रिस्याट स्याटलाइटले ८ महिनाअघि नै दिए पनि जनशक्ति र अध्ययन गर्ने निकायको अभावमा उपयोग गर्न नसकिएको तथ्य उनले खुलाए। बढ्दो तापक्रमका कारण हिमक्षेत्रमा जोखिम बढेको र ‘वर्ल्ड वेदर एट्रिब्युसन’ को वैज्ञानिक प्रमाणकै आधारमा नेपालले पहिलो पटक २ करोड डलरको ‘लस एन्ड ड्यामेज’ कोष सुनिश्चित गर्न सफल भएको उपाध्यायले जानकारी दिए।
​सामाजिक सञ्जाल तथा कतिपय सञ्चारमाध्यममा ‘जनप्रलय’ र ‘हाँडी घोप्टे पानी’ जस्ता अतिरञ्जित शीर्षक, विदेशी विपद्का पुराना भिडियो तथा एआई निर्मित भ्रामक सामग्री प्रसारण हुँदा नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परेको उपाध्यायको भनाइ थियो। उनले युवाहरूको नेतृत्वमा सञ्चालित संस्था क्लाइमेट एक्शन नेपालले गाेदावरी, महालक्ष्मी, भरतपुर, रत्ननगर र मनहरीमा जलवायु अनुकूलन, फोहोर वर्गीकरण, बायोग्यास र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
​भरतपुर महानगरपालिकाका कार्यकारी समिति सदस्य विष्णु बहादुर भुजेलले माथिल्लो तटीय क्षेत्रमा आउने बाढी र पहिरोको प्रत्यक्ष जोखिम भरतपुरसम्म आइपुग्ने भएकाले पूर्वसूचना प्रणाली र समुदायस्तरको सचेतनामा स्थानीय सरकार संवेदनशील रहेको बताए। महानगरले क्लाइमेट एक्सन नेपाल र विज्ञहरूसँगको सहकार्यमा प्लास्टिक रिसाइकलिङ, फोहोर व्यवस्थापन र बोटे समुदायलगायत स्थानीय स्तरमा जलवायु सचेतनाका काम गरिरहेको उल्लेख गर्दै उनले ग्रासरुटका यस्ता अभ्यास र सही सूचनालाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने धारणा राखे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी...

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी...

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने...

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड...

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता...