८ असोज २०८३, बिहिबार

जलवायु संकटमा गुटेरसको चेतावनी : ‘विश्वको छानो भत्किँदैछ’


अ+
अ-

न्युयोर्क, असोज ७। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जलवायु संकटले अपेक्षा गरिएभन्दा छिटो र गम्भीर असर देखाइरहेको बताएका छन्। उनले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा पुगेर हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएको र ‘विश्वको छानो भत्किँदै गएको’ चेतावनी दिएको स्मरण गर्दै अहिलेका घटनाक्रमले उक्त चेतावनीलाई पुष्टि गरिरहेको बताए।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै गुटेरसले जलवायु संकटलाई पुस्ताबीचको सबैभन्दा गम्भीर शक्ति असन्तुलनमध्ये एक भएको बताए। एक पुस्ताले भविष्यको स्रोत उपभोग गरिरहेको तर त्यसको असरका लागि कम जिम्मेवार पुस्ता र समुदायले सबैभन्दा पहिले र गम्भीर क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो।
‘तीन वर्षअघि नेपालको पहाडमा मैले तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने क्रमबारे चेतावनी दिएको थिएँ। विश्वको छानो भत्किँदै गएको बताएको थिएँ,’ उनले भने, ‘त्यतिबेला कतिपयले खतरालाई बढाइचढाइ गरिएको बताए। तर पछिल्ला दुःखद घटनाले प्रभाव धेरैको अनुमानभन्दा छिटो, गम्भीर र व्यापक रूपमा आइरहेको देखाएका छन्।’

गुटेरसले विश्व १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमाभन्दा बाहिर जाने अवस्था लगभग निश्चित बन्दै गएको बताए। ठूलो आकारको एल निनोसमेत मानवताविरुद्ध थप जोखिम बढाउने दिशामा अघि बढिरहेको उनको भनाइ थियो।
तर उनले जलवायु संकटसँगै आशाको आधार पनि रहेको बताए। पछिल्लो दशकमा स्वच्छ ऊर्जाको विस्तारलाई उनले विश्वमा शक्ति सम्बन्ध परिवर्तन गर्ने महत्वपूर्ण सम्भावनाका रूपमा प्रस्तुत गरे।
‘सूर्य कसैको स्वामित्वमा छैन, हावालाई नाकाबन्दी गर्न सकिँदैन र नवीनता जहाँबाट पनि आउन सक्छ,’ गुटेरसले भने।
उनका अनुसार अधिकांश विश्वमा नयाँ विद्युत् उत्पादनका लागि नवीकरणीय ऊर्जा सबैभन्दा सस्तो स्रोत बन्दै गएको छ। ऊर्जा सुरक्षा, आत्मनिर्भरता र दिगो आर्थिक विकासका लागि पनि स्वच्छ ऊर्जा महत्वपूर्ण माध्यम भएको उनले बताए।

गुटेरसले जीवाश्म इन्धनबाट बाहिरिने संक्रमण न्यायपूर्ण र व्यवस्थित हुने कि अव्यवस्थित तथा महँगो हुँदै मानिस र देशलाई पछाडि पार्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए।
उनले सबै सरकारलाई १.५ डिग्री सेल्सियसको लक्ष्यअनुकूल जीवाश्म इन्धनबाट संक्रमणका लागि स्पष्ट समयसीमासहित राष्ट्रिय योजना बनाउन आह्वान गरे।
त्यस्तो संक्रमणबाट प्रभावित श्रमिक र समुदायको संरक्षण सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
गुटेरसले जीवाश्म इन्धन उद्योगले दशकौँदेखि वातावरणीय क्षतिको फाइदा उठाउँदै आएको आरोप लगाउँदै प्रदूषणबाट सबैभन्दा बढी लाभ लिनेहरूले क्षति न्यूनीकरण र पुनःस्थापनाका लागि अझ धेरै योगदान गर्नुपर्ने बताए।

उनले रुसले युक्रेनमाथि आक्रमण गरेयता पाँच ठूला पश्चिमी तेल कम्पनीले करिब आधा ट्रिलियन अमेरिकी डलर नाफा कमाएको उल्लेख गर्दै विकासशील देशका लागि पछिल्लो उपलब्ध वर्षमा अन्तर्राष्ट्रिय सार्वजनिक अनुकूलन वित्त भने ३४ अर्ब डलर मात्र रहेको तुलना गरे।
‘प्रदूषकले तिर्नुपर्छ,’ उनले स्पष्ट रूपमा भने।

जलवायु संकट समाधानका लागि वन विनाश रोक्ने, विद्युत् प्रसारण सञ्जाल र ऊर्जा भण्डारणमा लगानी गर्ने तथा मिथेन उत्सर्जन कटौती गर्ने काम तीव्र पार्नुपर्ने उनले बताए। तर यी प्रयास मात्र पर्याप्त नहुने उनको भनाइ थियो।
गुटेरसले जलवायु न्यायका लागि विशेषगरी अनुकूलन र वित्तमा ध्यान दिनुपर्ने बताए। विकसित देशहरूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन वित्तलाई तीन गुणा बढाउनुपर्ने र हानि तथा क्षति कोष (Loss and Damage Fund) लाई पर्याप्त स्रोतसहित प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनले बताए।
हानि तथा क्षति कोषमा हाल उपलब्ध रकम अत्यन्तै न्यून रहेको भन्दै उनले विकासशील देशले भोगिरहेको जलवायु क्षतिको तुलनामा विद्यमान वित्तीय सहयोग पर्याप्त नभएको बताए।
त्यस्तै, जलवायु संक्रमणका लागि आवश्यक महत्वपूर्ण खनिजको उत्खननले विगतका असमानता अझ गहिरो बनाउन नहुनेमा उनले जोड दिए। स्रोत उत्पादन गर्ने देश र प्रभावित समुदायले आफ्ना प्राकृतिक स्रोतबाट सिर्जित मूल्यको ठूलो हिस्सा प्राप्त गर्नुपर्ने उनको भनाइ थियो।
‘अब थप दोहन र शोषण स्वीकार्य छैन,’ गुटेरसले भने।

एजेन्सी 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह...

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह...

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग...

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण...

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह...

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड

महिला हेरचाहको अदृश्य बोझलाई विदेश नीतिमा सम्बोधन गर्नुपर्ने बन्दना रानाको जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्