काठमाडौं, साउन २५ । काठमाडौंको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत साउन १२ गते दिउँसो करिब २ बजे काठमाडौं महानगरपालिका–१६ वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट भएको थियो। घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरी वृत्त बालाजुको टोलीले साउन १२ गते नै उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट मोबाइल फोन ७ थान, नगद ५७ हजार ९६१ रुपैयाँ, तरबार १ थान र हेक्सो ब्लेड १ थान बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३२ वर्षीय चरन मगर, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ घर भई काठमाडौं–२६ गोंगबु बस्ने ३३ वर्षीय राजकुमार गुरुङ, महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भई काठमाडौं–२६ नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछापको रामेछाप नगरपालिका–५ घर भएका ३१ वर्षीय विजयबाबु घिसिङ रहेका छन्।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment