२६ असोज २०८३, सोमबार

वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान


अ
अ+
अ-

काठमाडौं, असोज २५। ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तककी लेखिका वीणा जोशी (राजभण्डारी) र गीतकार किरण खरेललाई २०८२ सालको मदन पुरस्कार तथा जगदम्बा–श्री सम्मान प्रदान गरिएको छ।
मदन पुरस्कार गुठीले आइतबार ललितपुरमा आयोजना गरेको समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले जोशीलाई मदन पुरस्कार र खरेललाई जगदम्बा–श्री सम्मान प्रदान गरे। दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ।
जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकमा काठमाडौं उपत्यकामा प्रचलित नेवार समुदायका परम्परागत तथा लोपोन्मुख मुकुन्डोनाच, देवीदेवताका नाच र तिनका गुरुहरूको इतिहास समेटिएको छ। करिब १४ सय पृष्ठको यस कृतिले नेपाली कला, संस्कृति र परम्पराको अभिलेखीकरण तथा संरक्षणमा योगदान पुर्‍याएको छ।
पुरस्कार ग्रहण गर्दै जोशीले आफ्नो कृति नेपाली कला र संस्कृतिका अध्यापक, अध्येता, साधक तथा शोधार्थीका लागि प्रामाणिक ग्रन्थ बन्ने विश्वास व्यक्त गरिन्। लोपोन्मुख रैथाने परम्परा, अमूल्य नाच, बाजा र तिनसँग जोडिएका दर्शनलाई नयाँ पुस्तामाझ प्राज्ञिक बहसमा ल्याउने जिम्मेवारी पुरस्कारले थपेको उनको भनाइ थियो।
नेपाली गीत लेखनमा छ दशकभन्दा लामो समयदेखि सक्रिय खरेललाई नेपाली भाषा, गीत–संगीत र वाङ्मयको विकासमा पुर्‍याएको योगदानका लागि जगदम्बा–श्री सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहण गर्दै खरेलले गीतलाई हृदयको ढुकढुकीसँग तुलना गरे। उनका अनुसार गीतकारले गीत रचना गर्छन्, संगीतकारले त्यसलाई स्याहार र शृंगार गर्छन् अनि गायक वा गायिकाले स्वर दिएपछि गीतले पूर्णता पाउँछ।
कार्यक्रममा विद्वत् प्रवचन दिँदै वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले नेपाली समाज र संस्कृतिमा विद्यमान विविधता, समता, समावेशिता तथा मानवीय करुणाका विषयमा चर्चा गरे। उनले नेपालको सामाजिक यथार्थमाथि गम्भीर विमर्श आवश्यक रहेको बताए।
मदन पुरस्कार गुठीले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्येबाट मदन पुरस्कारका लागि १० पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो। तीमध्ये जोशीको कृति छनोट भएको हो।
मदन पुरस्कार २०१२ सालमा स्थापना गरिएको हो भने जगदम्बा–श्री सम्मान २०४५ सालमा स्थापना गरिएको हो। मदन पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिन्छ भने जगदम्बा–श्री नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो...

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन...

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान...

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान...

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो...

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्