५ असोज २०८३, सोमबार

बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह


अ+
अ-

काठमाडौं, असोज ४। बंगालको खाडीमा विकसित हुँदै गएको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको पछिल्लो अवस्था, नेपालमा पर्न सक्ने प्रभाव तथा वर्षाको सम्भावनाबारे जानकारी गराएका हुन्।
विभागका अनुसार हालको मौसमी प्रणाली असोज ७ (सेप्टेम्बर २३) आसपास थप बलियो हुँदै दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको छ। तर, उक्त प्रणालीका कारण नेपालमा कति वर्षा हुन्छ र त्यसको प्रभाव कस्तो पर्छ भन्नेबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ।
मौसम विज्ञान विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप सूचना तथा पूर्वानुमान अध्यावधिक गर्दै जाने जनाएको छ। विभागले मौसमसम्बन्धी आधिकारिक सूचना आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत हेर्न आग्रह गरेको छ। 
बैठकले मौसमी प्रणालीको नियमित निगरानी गर्दै सम्भावित जोखिमअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ।
यसैगरी, भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानमा कनेक्टिभिटी सुचारु गर्न झोलुङ्गे पुल निर्माणको प्रक्रिया यथाशीघ्र अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
बाढीबाट क्षतिग्रस्त तथा सम्पर्कविहीन बनेका विभिन्न स्थानमा उपलब्ध स्रोतसाधन परिचालन गर्नुका साथै सहयोग गर्न इच्छुक संघसंस्थासमेतको सहकार्यमा झोलुङ्गे पुल निर्माण अघि बढाउन बैठकले आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाले पनि भोटेकोशी बाढीपछिको प्रतिकार्य तथा प्रभावित क्षेत्रसँग सम्बन्धित निर्णयहरू निरन्तर अद्यावधिक गरिरहेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन...

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड...

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह...

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी...

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्