१३ असार २०८३, शनिबार

दर्ताविहीन १५ कन्सल्टेन्सीमा प्रहरीको छापा, १८ जना पक्राउ


अ+
अ-

काठमाडौं, असार १२। काठमाडौं उपत्यकाका तीन जिल्लामा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीमाथि गरिएको अनुगमनका क्रममा १८ जना सञ्चालक तथा प्रतिनिधि पक्राउ परेका छन्।
प्रहरीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीहरूको अनुगमन गर्दा कानुनी रूपमा दर्ता नभई तथा आवश्यक प्रक्रिया पूरा नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका १८ जनामध्ये १४ जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। यस्तै, दुई जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा Guruba/Study Glider, LEXICO Education, Pascal Education, Apitome Education, Meghatech Education, Skill Point Education, Vibrant Education, Dream Education, Universal Gateway, Victory Education, 24 Hours Education, Greener Education, Global Impact, Ureshi Education तथा Bloom Abroad रहेका छन्।
विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्ने नाममा सञ्चालनमा रहेका यस्ता संस्थाले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी व्यवसाय सञ्चालन गर्दा सेवाग्राहीहरू ठगिने जोखिम बढ्ने भएकाले नियमित अनुगमनलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ।
प्रहरीले कानुनविपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थामाथि निगरानी र कारबाहीलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताएको छ। साथै, विदेश अध्ययनका लागि परामर्श सेवा लिनुअघि सम्बन्धित संस्था कानुनी रूपमा दर्ता भए/नभएको यकिन गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान ...

तराईमा अत्यधिक गर्मी, बाँकेको खजुरामा तापक्रम ४०.२ डिग्री सेल्सियस पुग्यो

तराईमा अत्यधिक गर्मी, बाँकेको खजुरामा तापक्रम ४०.२ डिग्री सेल्सियस पुग्यो

तराईमा अत्यधिक गर्मी, बाँकेको खजुरामा तापक्रम ४०.२ डिग्री सेल्सियस पुग्यो...

विपद व्यवस्थापनमा धेरै काम गर्नु पर्नेछ: डा. विशाल भण्डारी

विपद व्यवस्थापनमा धेरै काम गर्नु पर्नेछ: डा. विशाल भण्डारी

विपद व्यवस्थापनमा धेरै काम गर्नु पर्नेछ: डा. विशाल भण्डारी...

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयगत समूह निर्माण

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयगत समूह निर्माण

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयगत समूह निर्माण...

भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका

भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका

भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका...

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्