४ बैशाख २०८३, शुक्रबार

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान


अ+
अ-

इतिहासमा वर्तमान नेपालको राजनीतिक भूगोल सँधै एउटै रहेन परिवर्तनशील रह्यो   नेपालको इतिहास भन्नु मुख्यतः काठमाडौं उपत्यका कुनै बेला ठूलो तलाउको रुपमा रहेको, तलाउको पानीले निकास पाएपछि सुक्दै गएर मानव  बसोवासयोग्य भूमि बनेको भन्ने तथ्य विभिन्न अध्ययनहरुबाट थाहा भएको , पछि राजनीतिक सत्ता कायम भएर विभिन्न ऐतिहासिक कालहरु पार गर्दै वर्तमानको स्वरुप बनेको हो नेपालको नेपालको मूलधारको इतिहास यो भएपनि विभिन्न राजनीतिक सत्ताहरुको कुरा गर्दा यही मात्रलाई देख्न इतिहासलाई नबुझ्नु हो वर्तमान नेपालको राजनीतिक इतिहास अठारौ शताब्दीमा राजा पृथ्वीनारायण शाहले थालनी गरेको पछि उनका उत्तराधिकारीहरुले त्यसलाई निरन्तरता दिँदै निश्चित स्वरुप दिएको हो यसअघि विभिन्न पचास भन्दा बढी ठूला साना राज्यहरु थियो काठमाडौं भन्दा पश्चिममा मात्रै बाइसे चौबीसे भनी करीब पचास वटा राज्य थियो बाइसे चौबीसे राज्य बन्नुअघि यही भूमि कर्णालीको खश साम्राज्यअन्तर्गत एक शक्तिशाली बौद्ध राज्य थियो यो राज्यको संस्थापक राजा नागराज थिए नेपालको इतिहासमा यो बौद्ध राज्यलाई बिर्सन मिल्दैन

वर्तमान कर्णाली क्षेत्रमा बा¥हौं शताब्दीअघि विभिन्न साना ठूला राज्यहरुको सत्ता कायम थियो यसमध्ये वर्तमान जुम्ला जिल्लाको सिंजा उपत्यका समृद्ध, प्रसिद्ध सशक्त थियो संभवतः त्यति बेला यो कुनै एक राज्यको राजधानी थियो यहाँको वैभवपूर्ण आर्थिक तथा सामाजिक जनजीवन अन्य क्षेत्रका लागि लोभलाग्दो थियो होला ठिक यही समयमा वर्तमान तिब्बतको ङारी क्षेत्रमा एउटा बौद्ध राज्य थियो एघारौं शताब्दीमा भारतका प्रसिद्ध बौद्ध विद्वान अतीशा दीपङ्कर श्रीज्ञानलाई आमन्त्रण गरेको यही राज्य थियो त्यति बेलाका राजा ल्हा लामा येस्शे ह्वे (राजा ज्ञानप्रभ) को नाम उल्लेख हुने गर्दछ यिनै राजाका वंशज हुन्, राजा नागराज उनले बा¥हौं शताब्दीतिर वरिपरिका विभिन्न राज्यहरु जित्दै आफ्नो राज्यको सीमाना बढाउँदै हिमाल पार गरी सिंजा उपत्यका आइपुगे यतातिरका पनि थुप्रै राज्यहरुमाथि कब्जा गर्दै ठूलो भूक्षेत्रको भूपति बने संभवतः राजालाई आफ्नो पुरानो राजधानीभन्दा सिंजा उपत्यका नै मनप¥यो राजधानी सारेर ल्याई सिंजालाई नयाँ राजधानी कायम गरे

राजा नागराज खश साम्राज्यको स्थापनाबारे जानकारी दिने ऐतिहासिक श्रोतहरु निकै कम मात्र प्राप्त छन् यही भएर पनि होला, नेपालको इतिहासबारे चर्चा गर्दा खश साम्राज्यको बारे त्यति धेरै उल्लेख हुँदैन वा भइ नै हाले पनि आधा अधूरो हुने गरेको पाइन्छ राजा नागराज खश साम्राज्यको बारे जानकारी दिने एउटा भरपर्दो सामग्री दुल्लूस्थित कीर्तिखम्बमा रहेको शिलालेख हो खश साम्राज्यकै एक प्रभावशाली राजा पुण्यमल्लद्वारा राख्न लगाइएको यस अभिलेखमा राजा नागराजलाई सिंजानगरमा स्थिति बसाल्ने राजाका रुपमा चित्रण गरिएको यसको अर्थ उनलाई सिंजा उपत्यकालाई राजधानी बनाई नयाँ राज्य स्थापना गर्ने राजा भनिएको हो अभिलेखमा स्पष्ट शब्दमा ‘‘अनि खारि प्रदेशमा बस्ने श्री नागराज जावेश्वर हुनु भयो, उहाँले सिञ्जा नगरमा स्थिति बसाल्नु भयो’’ भनिएको  

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तुत गर्दछ यसरी नै नेपालमा पाइएको वा नेपालमा नै पछि लेखिएकोश्रीपाली वंशावलीमा यस्तो विवरण दिएको पाइन्छ, ‘‘राजा नाभका प्रतापी बडाराजा नागराजा भया बडाराजा नागराजका पालामा कार्तिकेयपुरबाट राजधानी श्रीपाल खारीकोट सारियाको हो तबैदेखि यस वंशकन श्रीपाली बोलियाको हो बडामहाराजा नागराजले बडुवालराजा, रावलराजा, पालराजा, थापाराजा, खड्काराजा, बिष्टराजा जाडेराजाकन मारिकन खारीकोटको राज्या बढायाको हो बडामहाराजाका पालामा दशै दिशा मारी जिती सिजानगरीमा सुनको दरबार लगायाको हो ’’

यस वंशावलीअनुसार अघि जुम्ला क्षेत्रमा बडुवाल, रावल, पाल, थापा, खड्का, बिष्ट जाडहरुको बेग्लाबेग्लै राज्य थियो जातीय रुपमा यी खशहरुको बेग्लाबेग्लै राज्य भनेर बुझ्न सकिन्छ अन्य श्रोतले यहाँ पालहरुको पनि राज्यसत्ता थियो उनीहरु पनि शक्तिशाली राज्य नै थिए यी जम्मै राज्यहरुलाईमारिकनभन्नुको तात्पर्य युद्धमा जितेर आधिपत्य कामय गरेर खारीकोट (ङारी) राज्यको सीमा विस्तार गरेको हो यहाँ यी राजालाई महामहाराजा नै भनिएको उनको राज्यकालमा दशै दिशाका राज्यहरु जिती सिंजा नगरीमा सुनको दरवार निर्माण गरेको भन्नुले दरवारलाई झकीझकाउ गरेको भन्ने बुझाउँछ त्यसैलाई काव्यात्मक भाषामा सुनको दरवार भन्न पुगेको हो  

नागराजले स्थापना गरेको खश साम्राज्यको भूक्षेत्र कतिसम्म फैलिएको भन्ने कुरा खुल्दैन ङारीदेखि सिंजानगरीसम्म उत्तर दक्षिण फैलिएको स्पष्ट गढवाल बाराहाटको बुद्धमूर्तिको पादपीठमा रहेको अभिलेखमा राजा नागराजको नाम उल्लेख भएबाट यिनको राज्य पश्चिममा गढवालसम्म पुगेको निक्र्यौल हुन्छ

बौद्ध धर्ममा राजा नागराजको योगदान

खश साम्राज्यका सम्बन्धमा लेख्ने प्रायः लेखकमा के भ्रम रहेको पाइन्छ भने, खश साम्राज्यको स्थापनापछि मात्रै यस क्षेत्रमा बौद्ध धर्मको प्रचारप्रसार भएको हो राजा नागराज तिब्बतको ङारी प्रदेश बौद्ध बहुल क्षेत्र तथा राजवंश पनि बौद्ध धर्मको संरक्षक भएको जानकारीको आधारमा त्यस्तो त्यसरी बुझ्नु यस क्षेत्रको साङ्गोपाङ्गो वस्तुस्थिति नबुझ्नु हो

खश जाति पश्चिमबाट पूर्वलाग्ने क्रममा लामो समय कश्मीरमा बसेको थियो त्यति बेला कस्मीर क्षेत्र बौद्ध धर्मको एउटा जल्दोबल्दो केन्द्रको रुपमा रहेको पाइन्छ कस्मीर क्षेत्रमा खश जातिले नै पनि राज्यसत्ता कायम गरेको पाइन्छ यस अवस्थामा खश जातिमा बौद्ध धर्मको प्रभाव कस्मीरमा बस्दा नै परिसकेको बुझ्न सकिन्छ खशहरु पाँचौं शताब्दीमा मात्रै महाकाली पार गरी कर्णालीतिर पसेका हुन् खश जातिको बाहुल्यता भएपछि यस क्षेत्रको नाम नैखशानहुन पुग्यो संभवतः यस क्षेत्रमा पछि पालवंशको पनि प्रवेश भयो पालहरु खश होइनन् भारतमा पालहरुको राम्रो उपस्थिति रहेको पाइन्छ पाल साम्राज्य बौद्ध धर्मको संरक्षककै रुपमा थिए नालन्दालगायतका विश्वविद्यालयको विकास पाल राजाहरुकै रेखदेखमा भएको थियो यस आधारमा खशान क्षेत्रमा खश पालहरुको साझा धर्म बौद्ध थियो धार्मिक रुपमा बौद्ध धर्मलाई बढावा दिइरहेको यस भूक्षेत्रमा तिब्बतबाट आएका बौद्ध राजा नागराजले बौद्ध धर्ममा अझ थप योगदान दिएको अनुमान गर्न सकिन्छ

यद्यपि राजा नागराज बौद्ध हुन् उनका पूर्वज बौद्ध धर्मका संरक्षक नै हुन्, तर यी राजाले आफ्नो साम्राज्यमा बौद्ध धर्ममा के कस्तो योगदान पु¥याएका थिए भन्ने कुरा बताउन यथेष्ट मात्रामा ऐतिहासिक श्रोत सामग्रीहरु पाइँदैन बाराहाट (गढवाल) को बुद्ध मूर्तिको पादपीठमा रञ्जना लिपि संस्कृत भाषामा रहेको अभिलेखमाचम् वो नगरजइ थुव’ (भट्टारक नागराज मुनिको कृति) लेखिएको यो बुद्धमूर्तिलाई अहिले चिन्न नसकेर सो क्षेत्रमा दत्तात्रयको रुपमा पूजा गर्ने गरिएको भविष्यमा हुने थप अध्ययन भेटिने अभिलेख तथा कृतिहरुको प्राप्तीपछि थप जानकारी पाइने हुन्छ

खश साम्राज्यमा बौद्ध धर्मअन्तर्गत पनि कुन सम्प्रदायको प्रचलन थियो भन्ने प्रश्न आउन सक्छ हामीलाई थाहा , कस्मीरमा सुरुमा सर्वास्तीवादी बौद्ध सम्प्रदाय फैलिएको भएपनि पछि महायानी बौद्ध धर्मले ठाउँ लियो महायान बौद्ध धर्ममा पनि बज्रयानको बोलवाला रहेको पाइन्छ यसरी नै भारतमा पालहरुको समयमा महायानअन्तर्गत पनि बज्रयानकै प्रभाव थियो उता तिब्बतमा बज्रयानी बौद्ध धर्म नै पुगेको थियो बज्रयानमा पनि अतीशा दीपङ्कर श्रीज्ञानको आगमनपछि पुरानो नयाँ धर्म भनी निङमा सारमा फाट्यो सारमाअन्तर्गत कमद सम्प्रदायको विकास अतीशाका शिष्यहरुले गरेको पाइन्छ त्यसपछि सक्य कग्यू सम्प्रदायको विकास भयो पुरानो कदम सम्प्रदाय नै पछि परिमार्जित भई गेलुग् सम्प्रदाय बनेको हो यस अर्थमा तिब्बतबाट राजा नागराज तथा उनीसँग आएकाहरुले कदम सम्प्रदाय भित्र्याएको भन्न सकिन्छ

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

पोखरी र संस्कृति

पोखरी र संस्कृति

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्