काठमाडौं, चैत ११ । नेपाली महिला फुटबल टोलीकी स्टार खेलाडी साबित्रा भण्डारी (साम्बा) ले आफ्नो घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको जानकारी दिएकी छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अक्ल्याण्ड, न्यूजिल्याण्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको बताएकी हुन्।
उनका अनुसार खाडी क्षेत्रमा हालको असहज अवस्थाका कारण कतार पुग्न कठिन भएपछि त्यहाँस्थित एस्पेटारको सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञमार्फत शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि अब चिकित्सकको निगरानीमा पुनर्स्थापनाको प्रक्रिया सुरु हुने जनाउँदै उनले अवस्था सामान्य भएपछि एस्पेटारमा नै रिह्याबलाई निरन्तरता दिने बताएकी छन्।
भण्डारीले उपचारका क्रममा विलिङ्टन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति आभार व्यक्त गर्दै आफ्नो क्लब विलिङ्टन फाेनिक्स तथा व्यवस्थापन टिमले शल्यक्रियाको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी छन्।
समर्थकहरूको साथ र मायाबाट प्रेरित हुँदै पुनरागमनको यात्रामा अघि बढेको उल्लेख गर्दै उनले अब सम्पूर्ण ध्यान ‘कमब्याक’मा केन्द्रित रहने बताएकी छन्।
मेगु पोस्त: नेवाः टाइम्स
ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ
नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौं ले ठमेल क्षेत्रमा अनैतिक तथा अभद्र गतिविधिमा संलग्न रहेको आरोपमा २० ज...
वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड
कार्यक्रममा सहभागीहरूले नेपालमा वन डढेलोको जोखिम बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको रोकथाम, पूर्वतयारी र प्रभावकारी व्...
पश्चिम एसियाको अवस्थाबारे मोदी–ट्रम्पबीच छलफल, शान्ति र स्थायित्वमा जोड
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै संवादमा पश्चिम एसियाको विकसित परिस्थितिबारे विचार आद...
सरकारमा सहभागिताबारे हल्ला निराधार : कुलमान घिसिङ
उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलि...
फरार प्रतिवादी काठमाडौंबाट पक्राउ, करिब ८० लाख बिगोका मुद्दा दर्ता
प्रहरीका अनुसार बस्नेतविरुद्ध विभिन्न कार्यालयहरूमा बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी ९ वटा मुद्दा दर्ता रहेका छन्। ती म...
दक्षिण–पूर्वी एसियामा क्षयरोगको भार उच्च, अन्त्य गर्न संयुक्त प्रयासको आह्वान
विश्व क्षयरोग दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एसिया क्षेत्रमा क्षयरोग (टीबी) को भार अझै...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment