काठमाडौं उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम


अ+
अ-

काठमाडौं, साउन १८ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोकका स–साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने स–साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहने भएकाले नदी तटीय क्षेत्र, होचा भूभाग तथा बाढी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) लगायतका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने विभागले जनाएको छ।
विभागले नदी किनार, खोला आसपास तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी, यात्रु तथा सरोकारवाला निकायलाई सतर्क रहन, आवश्यक पूर्वतयारी गर्न र बाढीसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले पनि विभागको पूर्वानुमानलाई आधार मान्दै उच्च तथा मध्यम जोखिम भएका जिल्लामा सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन र स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय बढाउन अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस

मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस

मनिला सम्मेलनका लागि बालबालिकाले तयार पारे सिफारिस...

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटन मन्त्रालयमा श्रद्धाञ्जली सभा

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटन मन्त्रालयमा श्रद्धाञ्जली सभा

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटन मन्त्रालयमा श्रद्धाञ्जली सभा...

विद्युत् सर्ट भएर गोकर्णेश्वरको काठ उद्योगमा आगलागी, नेपाली सेनाको सक्रियतामा नियन्त्रण

विद्युत् सर्ट भएर गोकर्णेश्वरको काठ उद्योगमा आगलागी, नेपाली सेनाको सक्रियतामा नियन्त्रण

विद्युत् सर्ट भएर गोकर्णेश्वरको काठ उद्योगमा आगलागी, नेपाली सेनाको सक्रियतामा नियन्त्रण...

सेतु एपबाट विपद्पछिको सडक खुलाउने काम डिजिटल प्रणालीमा

सेतु एपबाट विपद्पछिको सडक खुलाउने काम डिजिटल प्रणालीमा

सेतु एपबाट विपद्पछिको सडक खुलाउने काम डिजिटल प्रणालीमा...

सहकारी ठगी मुद्दाको छिटो सुनुवाइका लागि समर्पित इजलास गठन गर्न सरकारको प्रस्ताव

सहकारी ठगी मुद्दाको छिटो सुनुवाइका लागि समर्पित इजलास गठन गर्न सरकारको प्रस्ताव

सहकारी ठगी मुद्दाको छिटो सुनुवाइका लागि समर्पित इजलास गठन गर्न सरकारको प्रस्ताव...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्