मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा त्यति होसमा थिएन तर बिन्दास थिएँ । बाटोमा देख्न पुग्छु, एक हूल हातमा लठ्ठी र ढुंगाहरु बोक्दै एकातर्फ दौडिरहेका । उनीहरु के के हो, बोलिरहेका भनौं वा गाली गरिरहेका थिए, केही बुझ्दिनँ ।
एक क्षणपछि देख्छु, अघि दौडेर गएको हुललाई उल्टो दिशाबाट अर्को हूलले लखेट्दा भागेर आएछ । भागदौड चल्छ । मारपीत सुरु हुन्छ । कसले कसलाई पिटेको हो - कसलाई कसले पिटेको हो ठम्याउन सक्ने अवस्थामा थिएनँ । एक क्षणपछि आगजनी पनि सुरु हुन्छ । अरुहरुजस्तै म पनि अलि पर सडक किनारमा उभिएर यी सबै दृष्य हेरिरहेको थिएँ । यति कन्फ्युज्ड हुन्छु कि, स्कूलमा समस्या समाधान गर्न नसकेको म्याथ विषयको पाठजस्तै हुन्छ ।
सडक किनारमा पहेँलो चीवर लगाएर हिडिरहेका एक जना भिक्षु देख्छ पुग्छु । उही भिक्षुसँग सोध्छु, ‘भन्ते, यिनीहरु को हुन् ? के गरिरहेका हुन् ?’
भिक्षुले जवाफ दिए, ‘यिनीहरु होसमा छैनन्, के गरिरहेका हौं भनेर यिनीहरु आफैलाई पनि थाहा छैन ।आफ्नो नोक्सान आफैले गरिरहेका छन् ।’
होसमा त म पनि थिएनँ नि ।
होसमा नभएको म, होसमा भएकाहरुसँग किन बसिरहने ? सडक किनार छाडेर म पनि त्यही सडकमा पुगें र होसमा नभएकाहरुसँग मिसिएँ ।
(AI images)
More from Basanta Maharjan
कालो माटो नपाइने कालिमाटी
नेवार वस्तीहरूको स्थाननाम के कसरी रह्यो भन्ने सन्दर्भमा कालिमाटीको चर्चा छुटाउन मिल्दैन । कालिमाटी नेवार शब्द होइन । काठ...
एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा
तर नेवार संस्कृतिमा यमपञ्चकबारे खासै चासो हुँदैन र तीन दिन मात्र मनाइन्छ । यी तीन दिनको सांस्कृतिक पर्वलाई स्वन्ति भनिन्...
देशकै पहिचान नेपाल संवत्
राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका संवत्हरूभन्दा अलि फरक छ। प्रचलित संवत्हरूमध्ये कुनै राजाको...
Nepal Sambat at the UN Headquarters
संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा नेपाल सम्बत ? हो, नेपाल सम्बत । नेपाल सम्बतअनुसार नयाँ वर्षको औपचारिक कार्यक्रम ...
The Lakshmi of Lakshmi Puja is not Mayadevi
लक्ष्मी हिन्दू धर्ममा एक देवी हुन् र समाजमा उनको महत्व ठूलै रहेको मानिन्छ ।......
अहिंसाको कुरा र बुद्धको शिक्षा
बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment