११ असार २०८३, बिहिबार

बसन्त राज अधिकारीको अध्यक्षतामा डिपिनेट


अ+
अ-

काठमाडौं, माघ प्रकोप पूर्वतयारी सञ्जाल, नेपाल (डिजास्टर प्रिपेयर्डनेस नेटवर्क नेपालडिपिनेट) को १७औँ वार्षिक साधारणसभाले बसन्त राज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभापछि बसेको प्रारम्भिक बैठकले पद निर्धारण गर्दै संस्थाको प्रादेशिक संरचनालाई थप सशक्त बनाउने निर्णयसमेत गरेको छ।

नवगठित कार्यसमितिमा अध्यक्षमा विपद् अध्ययन केन्द्रसँग आबद्ध बसन्त राज अधिकारी चयन भएका छन्। महासचिवमा सुरज गौतम, उपमहासचिवमा हर्षमान महर्जन तथा कोषाध्यक्षमा अमिका राजथला चयन भएका छन्। यस्तै, उपाध्यक्षमा केशवदत्त भट्ट चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा कल्पना रावल बोगटी, ईश्वर दत्त उपाध्याय, शिवराम गौतम तथा श्यामबाबु कट्टेल रहेका छन्। साथै, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तर्फबाट दुई जना सदस्य रहने व्यवस्था गरिएको छ।

साधारणसभाले डिपिनेटको संगठनात्मक सुदृढीकरण, प्रादेशिक कमिटीको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण पूर्वतयारीका गतिविधि विस्तार गर्ने नीतिगत निर्णयहरू पनि गरेको छ। नयाँ कार्यसमितिले सरकारी निकाय, गैरसरकारी संस्था तथा सरोकारवालासँगको सहकार्यलाई थप मजबुत बनाउँदै समुदायस्तरमा विपद् पूर्वतयारी क्षमता विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ...

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध...

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने...

युगाण्डा र भियतनामका गरी  सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ...

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता...

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्