१ असार २०८३, सोमबार

सामाजिक सञ्जाल प्लेटफर्महरू खुले, कर्फ्यु जारी


अ+
अ-

काठमाडौं, भदाै २४ । दर्ता गर्न नआएको भन्दै सरकारले बन्द गरेको सामाजिक सञ्जाल प्लेटफर्महरू गए रातिदेखि नै खुल्न थालेको छ। भदाै १९ गतेदेखि नै सामाजिक सञ्जालहरू निष्कृय भएपछि निकै असहज महसुस गरिएकाे थियाे ।

सोमबार काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेनजीले गरेको प्रदर्शनपछि बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्द गर्ने निर्णय भएका सामाजिक सञ्जालहरू गएरातिदेखि नै खुलाउने निर्णय भएको थियाे।

सरकारको निर्णयसँगै बन्द गरिएको फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर, युट्युब, ट्विटर, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिनइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्ब्लर, क्लबहाउस लगायतका सामाजिक सञ्जालहरू चल्न थालेका हुन्।

सरकारले भाइबर, वि-टक, टिकटक, निम्बज र पोपोलाइभ, टेलिग्राम र ग्लोबल डायरी बाहेका सामाजिक सञ्जाल बन्द गरेको थियो।

सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सोमबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १७  जनाको मृत्यु भएको थियो भने इटहरीमा भएकाे प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।

घाइतेहरूको सिभिल अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आज पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बिहान ८:३० बजेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि चक्रपथ भित्रकाे सम्पूर्ण भूभागमा कर्फ्यु जारी गरेकाे छ भने विभिन्न ठाउँहरूमा जेन जीकाे आन्दोलन शुरू भईसकेकाे छ । हिजाे सामान्य रहेका ठाउँहरू (स्वयंभू, कलंकी, बल्खु आदि)मा पनि जिप्रकाले कर्फ्यु जारी गरेकाे छ ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्