५ असार २०८३, शुक्रबार

सिविन नेपालको बाल हेल्प लाईन बन्याे राष्ट्रव्यापी बालसंरक्षण संयन्त्र


अ+
अ-

काठमाडौं, मंसिर २ । सन् १९९८ मा सुरु गरिएको बाल हेल्पलाइन नेपाल १०९८ करिब दस वर्षपछि सरकारले आत्मसात गरेको र अहिले यो राष्ट्रव्यापी बालसंरक्षण संयन्त्रको रूपमा विकास भएको बताइएकाे छ ।

बालअधिकार प्रवर्धन गर्ने संस्था सिविन नेपालले आज आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कुमार भट्टराईले यो कार्यक्रम नागरिक समाज र सरकारबीचको सफल सहकार्यको उदाहरण भएकोमा जोड दिए।

बालअधिकार प्रवर्धन गर्ने संस्था सिविन नेपालले आज आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गर्दै कार्यक्रम उपलब्धि र वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कुमार भट्टराईले सिविन नेपालका बाल हेल्पलाइन नेपाल १०९८ जस्ता कार्यक्रमहरू सरकारसँगको सफल सहकार्यको उदाहरण भएको बताए। भट्टराईले

कार्यक्रममा सिविन नेपाल संस्था एक अधिकारवादी संस्था भएको र नीति निर्माणदेखि कार्यान्वयनसम्म विभिन्न तहका सरकारहरूसँग सहकार्य गर्दै आएको बताए।

वित्त निर्देशक सुरजन श्रेष्ठले संस्था गत आर्थिक वर्षमा रु २५ करोडको बजेटमा संचालन भएको र मुख्य खर्च बालसंरक्षण, मानसिक स्वास्थ्य, जनचेतना तथा शिक्षा क्षेत्रमा भएको जानकारी गराए।

कार्यक्रममा डाक्टर अमित झा, मानसिक अस्पताल, लाङकुकेलको किशोर मानसिक स्वास्थ्य एकाइका मनोचिकित्सक, ले गत वर्ष अक्टोबरदेखि सञ्चालन भएको सेवाले २४०० भन्दा बढी किशोरहरूलाई सेवा प्रदान गरेको र १८० जना इनपेसेन्ट उपचार पाएको जानकारी दिए। यसमा उपचार लिएका छ जना किशोरले SEE परीक्षा उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएको उल्लेख गर्दै मानसिक स्वास्थ्य सेवाको प्रभावकारिता पुष्टि भए भएको बताए।

बालबालिकाका अभिभावक किरण लिम्बूले धेरै अभिभावक मानसिक स्वास्थ्य सेवाको जानकारी नपाउँदा समस्यामा पर्ने गरेको बताए र कम्तीमा प्रदेश स्तरमा बालबालिका र किशोर मानसिक स्वास्थ्य केन्द्र स्थापना गर्न सुझाव दिए।

कार्यक्रममा कन्साेर्टिएम नेपाल, एसओएस बालगृह नेपाल, सामाजिक कल्याण परिषद्, ललितपुर महानगरपालिका, र चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिहरूले सिविन नेपालको योगदानको प्रशंसा गर्दै भविष्यमा सहकार्यको इच्छा व्यक्त गरे।

मुख्य अतिथि, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बनियाले सामाजिक लेखापरीक्षणलाई सिविन नेपालले अर्थपूर्ण र प्रभावकारी ढंगले संचालन गरेकोमा सन्तोष व्यक्त गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्