३० जेठ २०८३, शनिबार

कुमारी घरको छानो जीर्णोद्धार गर्न काठमाडौं महानगरको पहल


अ+
अ-

काठमाडौं, कात्तिक २७ । काठमाडौं महानगरपालिकाले ऐतिहासिक कुमारी घर (कुमारी बहाल) को जीर्णोद्धार प्रक्रिया सुरु गरेको छ। महानगरकी उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कुमारी घरको छानो मर्मतलाई महानगरको प्राथमिक कामका रूपमा अघि बढाइएको बताएकी छन्।

उनका अनुसार वि.सं. १८१४ मा राजा जय प्रकाश मल्लको पालामा निर्माण गरिएको कुमारी घर जीवित देवी श्रीकुमारीको निवास स्थान हो। २०७२ सालको भूकम्पले भवनमा क्षति पु–याएपछि हाल छानोबाट पानी चुहिने अवस्था सिर्जना भएको र त्यसकै समाधानका लागि जीर्णोद्धार प्रक्रिया सुरु गरिएको हो।

“वहालको छानाबाट पानी चुहिन थालेको सूचना पाएपछि यसको जीर्णोद्धार प्रक्रिया थालिएको हो,” उपमेयर डंगोलले लेखेकी छन्, “हामी साझेदार र सरोकारवालासँग मिलेर यो काम अगाडि बढाउँदैछौं।”

उनले बताएकी छन् कि यस सम्बन्धमा महानगरले सरोकारवाला निकायका अधिकारीहरूसँग बैठक सम्पन्न गरेको छ। बैठकपछि उनले हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई पुरातत्व विभागसँग सहमति लिएर जीर्णोद्धारको काम अघि बढाउन निर्देशन दिएकी छन्।

जीर्णोद्धारका लागि आवश्यक प्राविधिक अध्ययन, नक्सा तथा लागत अनुमानको काम पूरा भइसकेको उपमेयर डंगोलले जानकारी दिइन्। उनका अनुसार अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका मापदण्डअनुसारको जीर्णोद्धार कार्य पानी पर्ने मौसम सुरु हुनु अगावै सम्पन्न गरिनेछ।

उपमेयर डंगोलका भनाइमा, कुमारी घरको संरक्षण केवल भौतिक संरचना जोगाउने काम मात्र होइन, यो काठमाडौंको सांस्कृतिक पहिचान, परम्परा र आस्थाको संरक्षणसमेत हो। उनले लेखेकी छन्, “कुमारी घरको संरक्षण भनेको काठमाडौंको जीवन्त संस्कारको जगेर्ना हो, आस्थाको बचावट हो।”

उनले जीर्णोद्धारको सफलताका लागि साझेदार, सरोकारवाला निकाय, वडा कार्यालय, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, गुठीयार र श्रद्धालुहरूसँग रचनात्मक सहयोगको अपेक्षा समेत गरेकी छन्। साथै, कुमारी घरको संरक्षणमा अपनाउन सकिने उपायबारे सुझाव पठाउन पनि आम नागरिकलाई आह्वान गरेकी छन्।

उपमेयर डंगोलले अन्त्यमा सबैलाई अपिल गर्दै लेखेकी छन्, “सबै मिलेर काठमाडौंको पहिचान जोगाउने काममा हातेमालो गरौं।”

ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण कुमारी घर काठमाडौंको जीवित देवी परम्परासँग जोडिएको अद्वितीय सम्पदा हो। यसको जीर्णोद्धारले काठमाडौंको पुरातन सांस्कृतिक स्वरूपलाई जोगाउने प्रयासलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्