३१ जेठ २०८३, आइतबार

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्व एशिया क्षेत्रबाट मानसिक स्वास्थ्य ड्यासबोर्ड सुरुवात


अ+
अ-


काठमाडौं, साउन ८ । मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताहरू बढ्दै गइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एशिया क्षेत्रले आज मानसिक, न्युरोलोजिकल, मादक पदार्थ प्रयोग र आत्महत्या सम्बन्धी अवस्थाहरू (एमएनएसएस) को ड्यासबोर्ड सुरुवात गरेको छ । यसले मानसिक स्वास्थ्य सेवा र नीतिहरूको प्रमाण–आधारित योजना, अनुगमन र मूल्यांकनलाई बढावा दिन मद्दत गर्नेछ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एशिया क्षेत्रले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो सुरुवात एक यस्तो समयमा भएको छ जब मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताहरू बढ्दै गइरहेका छन् र डाटा–आधारित प्रतिक्रियाको आवश्यकता बढी महसुस गरिएको छ ।’

डब्ल्यूएचओ दक्षिण–पूर्व एशिया क्षेत्रका प्रमुख अधिकारी डा. क्याथरिना बोह्मकाअनुसार धेरै प्रमाणहरूले सर्वसाधारण तथा संवेदनशील समूहहरूमा मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखाको छ । मानसिक स्वास्थ्य समस्या अमूर्त होइन । यो व्यक्ति, परिवार, र समुदायहरूले अनुभव गरेको वास्तविक अवस्था हो । यो प्रमाणमा आधारित र डाटाद्वारा निर्देशित हुनुपर्छ । यही कारणले मानसिक, न्युरोलोजिकल, मादक पदार्थ प्रयोग र आत्महत्या सम्बन्धी अवस्थाहरू (एमएनएसएस) को ड्यासबोर्ड महत् वपूर्ण छ ।

यस सुरुवातका साथै सदस्य राष्ट्रहरूका लागि एक प्राविधिक वेबिनार पनि आयोजना गरिएको थियो, जसले प्रयोगकर्ताहरूलाई ड्यासबोर्डको संरचना, डाटा स्रोत, र व्यावहारिक प्रयोगहरूसँग परिचित गराउँछ । यसले देशहरूमा लैंगिक, आयु समूह र विशिष्ट अवस्थाहरूको आधारमा डाटाको विश्लेषण गर्न सक्षम बनाउँछ ।

डब्ल्यूएचओ दक्षिण–पूर्व एशिया क्षेत्रमा अनुमानित २८९ मिलियन व्यक्तिहरू मानसिक, न्युरोलोजिकल वा मादक पदार्थ प्रयोग सम्बन्धी समस्याबाट गुजिरहेका छन् । प्रत्येक वर्ष लगभग २० लाख आठ हजार व्यक्तिहरूले आत्महत्या गर्छन् । एशिया–प्रशान्त क्षेत्रमा, अपांगता भएका व्यक्तिहरूको ६० प्रतिशत डिप्रेशन, माइग्रेन, चिन्ता र स्किजोफ्रेनियाको कारणले हुने गरेको छ । यस्तै, ५ देखि १४ वर्षका अपांगता भएका बच्चाहरूको ७० प्रतिशतभन्दा बढी माइग्रेन, चिन्ता विकार, अटिजम र एस्पर्जर सिन्ड्रोमको कारणले हुने गरेको छ । मिर्गी, माइग्रेन, अल्जाइमर र अन्य मनोभ्रंश जस्ता न्युरोलोजिकल अवस्थाहरू पनि अपांगताको प्रमुख कारण बनेका छन् ।

यद्यपि मानसिक स्वास्थ्यको महत्व बढ्दै गएको छ, तर सीमित महामारी विज्ञान डाटाले आवश्यकताहरूको सही मूल्यांकन गर्न र सेवाहरूको योजना बनाउने प्रयासहरूलाई बाधा पु¥याएको छ । यो नयाँ ड्यासबोर्डले यस अन्तरलाई पूरा गर्दै, नीति निर्माता, अनुसन्धानकर्ता, सार्वजनिक स्वास्थ्य पेशेवरहरूलाई डिप्रेशन, चिन्ता, मिर्गी, मादक पदार्थ दुरुपयोग र आत्महत्या सम्बन्धी डाटा पहुँच, तुलना र विश्लेषण गर्न सजिलो बनाउँने संस्थाले उल्लेख गरेको छ ।

यो ड्यासबोर्ड डब्ल्यूएचओको क्षेत्रीय प्रतिवेदन २०२३ को निष्कर्षहरूमा आधारित छ यसले डब्ल्यूएचओ दक्षिण–पूर्व एशिया मानसिक स्वास्थ्य कार्ययोजना २०२३–२०३० लाई कार्यान्वयन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

डब्ल्यूएचओले देशहरूलाई मानसिक स्वास्थ्य सेवाहरू निर्माण गर्न र बलियो बनाउन, हालका सेवा अन्तरहरू पूरा गर्न, र भविष्यका चुनौतीहरूको लागि तयारी गर्न निरन्तर समर्थन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्