१ असार २०८३, सोमबार

असोज १७ देखि २० सम्मको वर्षाबाट ४८ जनाको मृत्यु, ६ बेपत्ता


अ+
अ-

काठमाडौं, असाेज २० । यही असोज १७ गतेदेखि २० गतेसम्म देशभर भएको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो, बाढी र चट्याङका घटनामा परि ४८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार यस अवधिमा ६ जना बेपत्ता र २८ जना घाइते भएका छन्।

प्राधिकरणले आइतबार साँझ ५ बजेसम्मको विवरण अद्यावधिक गर्दै मृत्यु भएका मध्ये ३९ जना पहिरोमा, ६ जना बाढीमा, २ जना चट्याङमा र १ जना अविरल वर्षाका कारण ज्यान गएको जनाएको छ। पहिरोका कारण मृत्यु हुनेमध्ये इलाममा ३१ जना, पाँचथरमा ६ जना, र काभ्रेपलाञ्चोकमा १ जना रहेका छन्।

बेपत्तामध्ये ५ जना बाढीमा (रसुवा–४, इलाम–१) र १ जना पहिरोमा (इलाम) परेका छन्। त्यस्तै, घाइतेको संख्या २८ जना पुगेको छ, जसमा १४ जना पहिरोमा, १२ जना चट्याङमा, र अन्य घटनामा घाइते भएका छन्।

विपद् घटनामा परेकामध्ये १८ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। तीमध्ये इलामको माइसेबुङ गाउँपालिकामा पहिरोमा फसेकी एक गर्भवती महिला र १६ जना बाढी तथा डुबानमा फसेकाहरू छन्।

सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सुरक्षाकर्मी परिचालन गरेको छ भने प्राधिकरणले वर्षाको जोखिम अझै कायम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्