३ असार २०८३, बुधबार

नोर्डिक शिक्षा मोडेलबाट सिक्नु पर्ने


अ+
अ-

काठमाडाैं , साउन ८ । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले नेपालको शिक्षा प्रणालीकाे स्तराेन्नतिका लागि सार्वजनिक शिक्षामा लगानी बढाउनु पर्ने तथा यसलाई विशेष महत्व दिनु पर्ने बताएकी छन् ।

प्रत्येक विद्यार्थीले आफ्नो पूर्ण क्षमता हासिल गर्न सकून् भन्नका लागि नोर्डिक शिक्षा मोडेलमा बढी सिक्ने कुरा रहेकाे र त्यसकाे महत्त्वलाई जोड दिनु पर्ने राजदूत तुलाधरले बताइन् ।

नेपालस्थित डेनमार्क राजदूतावासका अनुसार जुलाई २३ मा कोपनहेगनमा आयोजना गरिएको प्रशिक्षण कार्यशालामा मुख्य अतिथिको रूपमा “प्रथम प्याब्सन अन्तर्राष्ट्रिय एक्सपोजर अन प्रोग्रेसिभ एजुकेशन एण्ड सिम्पोजियम २०२५” मा सहभागीता जनाउँदै राजदूत तुलाधरले विद्यालयमा उत्कृष्ट शिक्षण-सिकाइ वातावरण निर्माण गर्ने पक्षमा जोड दिइन् ।

ग्लोबल हेल्प फाउन्डेशन (GHF) र प्याब्सनको संयुक्त आयोजना भएकाे कार्यक्रमकाे उद्देश्य डेनमार्क, स्वीडेन र फिनल्याण्डका शिक्षा, सुशासन र नेतृत्व पद्धतिका बारेमा नेपाली शिक्षकहरूलाई जानकारी गराउनु रहेकाे थियाे ।

नेपालका विभिन्न क्षेत्रका ५५ वटा विद्यालय तथा प्रधानाध्यापकहरूकाे सहभागिता रहेकाे तालिम कार्यक्रममा राजदूत तुलाधरले नेपालले सुरु गरेको बाल संरक्षणका पहलहरू, जस्तै स्कूल बाल संरक्षण नीति, बाल मानसिक स्वास्थ्यका क्षेत्रमा गरिएकाे कामलाई अगाडि बढाउन र सामाजिक तथा भावनात्मक सिकाइलाई बढावा दिन, विद्यार्थी र शिक्षकहरूलाई विद्यालय विकासमा सक्रिय साझेदार बनाउने आवश्यकतामा पनि जोड दिइन्।

शैक्षिक प्रशिक्षण र नवप्रवर्तनको क्षेत्रमा अग्रणी संस्था नोबेलप्रोग इन्स्टिच्युटसँगकाे सहकार्यमा सम्पन्न भएको कार्यक्रममा राजदूत तुलाधरले नेपालको सार्वजनिक शिक्षा प्रणाली र प्याब्सनजस्ता निजी संस्थाहरूबीच नजिकको समन्वय र एकीकरण गरेर व्यापक शैक्षिक सुधार गर्न आह्वान गरिन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्