बेइजिङमा भीषण बाढी, जनजीवन अस्तव्यस्त
बेइजिङ, चीन, साउन १४ । चीनको राजधानी बेइजिङ तथा आसपासका क्षेत्रहरूमा भारी वर्षाका कारण भीषण बाढी आएको छ। यसले स्थानीय जनजीवन अस्तव्यस्त बनाएको छ भने सरकारले आपतकालीन उपायहरू सक्रिय गरेको छ।
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र ( सिएमए) बेइजिङमा “खतरा स्तर (राताे संकेत)को वर्षाकाे चेतावनी” अर्थात सबैभन्दा उच्च तहकाे भारी वर्षा हुने सूचना जारी गरेको थियो । अत्यधिक वर्षाले फांगशान जिल्लामा ४०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको थियो।
हालसम्म बेइजिङको फांगशान तथा अन्य जिल्लाहरूमा पानीको धेरै मात्रा जम्मा भएको छ। केही सडक तथा पुलहरू ध्वस्त भएका छन्, यातायात सञ्चालनमा अवराेध भएकाे छ।
बेइजिङ सरकारको आपतकालीन प्रबन्धन विभागका अनुसार १०,००० भन्दा बढी मानिसहरू सुरक्षित स्थानमा सारिएका छन्।
चीन सरकारले बाढी पीडित क्षेत्रहरूमा राहत तथा बचाव अभियान तीव्र गरेको छ। सेना र आपतकालीन टोलीहरूले पानीमा फसेका नागरिकहरूलाई उद्धार गरिरहेका छन्। मौसम विभागले अझै पनि भारी वर्षाको चेतावनी जारी गरेको छ।
चिनियाँ रेड क्रस सोसाइटीका अनुसार उनीहरूले बाढी पीडितहरूका लागि राहत शिविर स्थापना गरेको र खानेपानी, औषधि वितरण गरेको रिपोर्ट छ।
बाढीले घर, खेतिहरू तथा व्यवसायिक क्षेत्रहरू नोक्सान पुर्याएको छ। बिजुली तथा पानी आपूर्तिमा अवरुद्घ भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई असुविधा भोग्नुपरिरहेको छ।
सरकारले बाढी पीडितहरूका लागि राहत कोष स्थापना गरेको छ भने अन्तर्राष्ट्रिय सहयोग पनि अनुरोध गरेको छ।
(स्रोत: स्थानीय मिडिया तथा सरकारी प्रतिवेदनहरू)
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment