२५ असोज २०८३, आइतबार

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान


अ
अ+
अ-

काठमाडौं, असोज २५ । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीमा एक करोड घनमिटरभन्दा बढी लेदाे पानी बगेको हुन सक्ने अनुमान गरिएको छ। बिहान ४ बजेर २४ मिनेटमा सुरु भएको बाढीको प्रकृति हेर्दा नदी कतै थुनिएर एकैपटक खुलेको हुन सक्ने प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट)का अध्यक्ष बसन्तराज अधिकारीले बताएका छन्।
उनका अनुसार हिमालयको चलायमान भौगर्भिक अवस्था, जलवायु परिवर्तन र इन्जिनियरिङ प्रविधिसँग समन्वय नगरी गरिने विकास निर्माणका कारण हिमाली क्षेत्रमा प्रकोपको जोखिम बढिरहेको छ। रसुवामा हालै आएको बाढी र बूढीगण्डकीको पछिल्लो घटनाले हिमाली क्षेत्रको नियमित अध्ययन, अनुगमन र जोखिम आकलन गर्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको उनले बताए।
बूढीगण्डकीको बाढीको वास्तविक कारणबारे अहिले नै निष्कर्षमा पुग्न नसकिने अधिकारीले बताए। बाढी आउनुअघि नदीको केही भाग सुकेको देखिनु र त्यसपछि एकैपटक ठूलो बाढी आएको दृश्यले नदी थुनिएको हुन सक्ने अनुमान गर्न सकिने उनको भनाइ छ।
“भिडियोमा हेर्दा एकैपटक बाढी आएको देखिन्छ। त्यसैले कतै नदी थुनिएको र थुनिएको पानी फुटेर आएको हुन सक्ने अनुमान छ। तर नदी कसरी थुनियो भन्ने कुरा अहिले थाहा भइसकेको छैन,” उनले भने।
उनका अनुसार विपद् प्राधिकरणका कर्मचारी घटनाको कारण पत्ता लगाउन माथिल्लो तटीय क्षेत्रमा स्थलगत अध्ययनका लागि जान लागेका छन्। अध्ययनपछि बाढीको उत्पत्ति र कारणबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
हिमालयको अनुगमन र पूर्वसूचना प्रणाली आवश्यक
अधिकारीले हिमालयको भौगर्भिक चलायमान अवस्था, जलवायु परिवर्तनको प्रभाव र मानवीय गतिविधिका कारण उत्पन्न हुन सक्ने जोखिमको अध्ययन गर्नुपर्नेमा जोड दिए। हिमाली क्षेत्रमा प्रकोप कहाँ उत्पन्न हुन सक्छ र त्यसले तल्लो तटीय क्षेत्रका बस्ती तथा पूर्वाधारमा कति असर पार्न सक्छ भन्ने आकलन नगरे भविष्यमा जोखिम झन् बढ्न सक्ने उनले बताए।
“हिमालयलाई राम्रोसँग बुझ्न र अनुगमन गर्न सकिएन भने यस्ता घटना भविष्यमा अझ बढ्न सक्छन्,” उनले भने, “त्यसैले हिमाली पर्वत शृङ्खलाको अध्ययन, अनुसन्धान र अनुगमनका आधारमा पूर्वसूचना प्रणाली विकास गर्न तथा जोखिम संवेदनशील भू-उपयोग योजना लागू गर्न सरकारले ध्यान दिनुपर्छ।”
उच्च जोखिम क्षेत्रमा बस्ती विकास गर्न नहुने
नदी किनारमा बस्ती बस्नै हुँदैन भन्ने मान्यता सही नभएको अधिकारीको भनाइ छ। मानव सभ्यताको विकास नै नदी आसपासबाट सुरु भएकाले नदी किनारमा बस्ती बस्न सकिने भए पनि जोखिमको आकलन गरेर मात्रै बस्ती विकास गर्नुपर्ने उनले बताए।
“उच्च जोखिम भएका ठाउँमा बस्ती विकास गर्नु हुँदैन। मध्यम र कम जोखिम भएका क्षेत्रमा बस्ती विकास गर्नुपर्छ भने उच्च जोखिम भएका क्षेत्रमा खेतीपाती गर्न सकिन्छ,” उनले भने।
उनले बस्ती तथा पूर्वाधार निर्माण गर्दा बलियो संरचना बनाउने मात्रै नभई जलवायु अनुकूलन प्रविधि अपनाउनुपर्ने बताए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान...

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो...

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी...

अपाङ्गतामैत्री  मतदान  प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्