जेन-जी प्रदर्शनमा १३ काे मृत्युु

काठमाडाैं, भदाै २३ । जेन-जीको नेतृत्वमा भएकाे प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो भने ५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ र ४ जना गम्भीर अवस्थामा रहेकाे अस्पतालले जनाएकाे छ ।
यस्तै, उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।
सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।
केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियाे । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ भने स्थानीय प्रशासनले ठाउँ ठाउँमा कर्फ्यु जारी गरेकाे छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएको भन्दै सेप्टेम्बर ४ मा फेसबुक, ट्विटर, ह्वाट्सएप, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लाटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि जेन जीको नेतृत्वमा यो आन्दोलन सुरु भएको हो । याे आन्दाेलनलाई अन्तर्राष्ट्रिय समाचार संस्थाले पनि महत्वका साथ प्रकाशन प्रशारण गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा निर्भर भई काम गर्दै आएका थुप्रै युवाहरू बेरोजगार हुने अवस्थामा पुगेका छने भने थुप्रै प्रविधिमा आश्रित क्षेत्र प्रभावित भएका छन् ।

Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment