३० जेठ २०८३, शनिबार

जेन-जी प्रदर्शनमा १३ काे मृत्युु


अ+
अ-

काठमाडाैं, भदाै २३ । जेन-जीको नेतृत्वमा भएकाे प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ को मृत्यु भएको हो भने ५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ र ४ जना गम्भीर अवस्थामा रहेकाे अस्पतालले जनाएकाे छ ।

यस्तै, उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ । अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन् । १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।

केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक/एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियाे । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ भने स्थानीय प्रशासनले ठाउँ ठाउँमा कर्फ्यु जारी गरेकाे छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएको भन्दै सेप्टेम्बर ४ मा फेसबुक, ट्विटर, ह्वाट्सएप, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लाटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि जेन जीको नेतृत्वमा यो आन्दोलन सुरु भएको हो । याे आन्दाेलनलाई अन्तर्राष्ट्रिय समाचार संस्थाले पनि महत्वका साथ प्रकाशन प्रशारण गरेका छन् ।

सरकारले सामाजिक सञ्जाल प्लाटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा निर्भर भई काम गर्दै आएका थुप्रै युवाहरू बेरोजगार हुने अवस्थामा पुगेका छने भने थुप्रै प्रविधिमा आश्रित क्षेत्र प्रभावित भएका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्