१६ असार २०८३, मंगलबार

नेपाल रेडक्रस सोसाइटीले राजनीतिक पदमा रहेका पदाधिकारीलाई संगठनबाट अलग हुन आग्रह


अ+
अ-

काठमाडौं, असार १६ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले राजनीतिक दल तथा तिनका भ्रातृ संगठनका विभिन्न पदमा रहेका आफ्ना समिति पदाधिकारी र सदस्यहरूलाई संगठनबाट अलग हुन आग्रह गरेको छ।
नेरेसोले सार्वजनिक सूचना जारी गर्दै रेडक्रसका सात सिद्धान्त, मूल्य र मान्यताअनुसार तटस्थ र निष्पक्ष रूपमा कार्य गर्न संगठन प्रतिबद्ध रहेको जनाएको छ। यही असार ११ गते नेरेसाेकाे केन्द्रीय तदर्थ समिति र प्रकाेप पूर्व तयारी सञ्जाल, डिपीनेटकाे कार्यसमितिबीच भएकाे बैठकमा पनि केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल भण्डारी तथा महामन्त्री ऋषि रमन खनालले नेरेसाेलाई राजनीतिबाट मुक्त गर्दै संस्थाको संरचनागत सुधार गर्दै अगाडि बढ्नु पर्ने पहिलाे दायित्व भएकाे बताएका थिए ।
पछिल्लो समय संगठनमा राजनीतिक प्रभाव र संलग्नताका कारण विभिन्न समस्या जटिल बन्दै गएको भन्दै विभिन्न सरोकारवालाबाट टिप्पणी हुँदै आएको तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) को वैधानिक निकायले समेत प्रतिबन्ध लगाउनेसम्मको नीति अख्तियार गरेको विषय सार्वजनिक भएको उल्लेख गरिएको छ।
सोसाइटीका अनुसार यसको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) को दफा ७२ उपदफा ३ मा सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक दल वा भ्रातृ संगठनका पदमा रहेका तथा राजनीतिक दबाबबाट सरकारी संरचनामा पदाधिकारी वा सदस्य बनेका व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग वा उपसमितिमा सदस्य वा पदाधिकारी रहन नपाउने व्यवस्था छ।
यसै व्यवस्थालाई कार्यान्वयन गर्न नेरेसोले कुनै पनि तहका समिति, आयोग वा उपसमितिका पदाधिकारी तथा सदस्यहरू राजनीतिक दल वा तिनका भ्रातृ संगठनका विभिन्न पदमा बहाल रहेको भए नेपाल रेडक्रससँगको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको हो।
साथै, विधानको उक्त व्यवस्था पालना नगरी दोहोरो भूमिकामा रहेको पाइएमा प्रचलित विधानअनुसार आवश्यक कारबाही गरिने चेतावनी पनि नेरेसोले दिएको छ।
नेरेसोले यदि कुनै पनि तहका समिति पदाधिकारी वा सदस्य राजनीतिक दल वा भ्रातृ संगठनका विभिन्न पदमा रहेको जानकारी भए तथ्यसहित secretariat@nrcs.org मा जानकारी गराइदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
असार १६–१८ गतेसम्म मनसुनी गतिविधि सक्रिय, देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

असार १६–१८ गतेसम्म मनसुनी गतिविधि सक्रिय, देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

असार १६–१८ गतेसम्म मनसुनी गतिविधि सक्रिय, देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना...

गृहमन्त्रीको सवारीबाटै कालो स्टिकर हटाइयो, देशभर अभियान प्रभावकारी बनाइने

गृहमन्त्रीको सवारीबाटै कालो स्टिकर हटाइयो, देशभर अभियान प्रभावकारी बनाइने

गृहमन्त्रीको सवारीबाटै कालो स्टिकर हटाइयो, देशभर अभियान प्रभावकारी बनाइने...

दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन...

आज कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, राति धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने

आज कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, राति धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने

आज कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, राति धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने...

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह...

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्