१६ असार २०८३, मंगलबार

दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

अ+
अ-

काठमाडौं, असार १५ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्र रहेका दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले असार १५ गते जारी गरेको पत्रमार्फत सबै आंगिक क्याम्पस प्रमुखहरूलाई यस्तो निर्देशन दिएको हो।
निर्देशनालयले विश्वविद्यालय अनुदान आयोगको असार १० गते प्राप्त पत्र तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ९ गतेको पत्रलाई आधार बनाउँदै उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरेको जनाएको छ।
पत्रमा मन्त्रालयको निर्देशनअनुसार शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र 'स्टुडेन्ट काउन्सिल (Student Council)' वा 'भ्वाइस अफ स्टुडेन्ट (Voice of Student)' प्रणाली विकास गर्नुपर्ने उल्लेख गरिएको छ।
सोही व्यवस्थाअनुसार आ–आफ्नो क्याम्पसमा आवश्यक प्रक्रिया अघि बढाई भएको प्रगतिको जानकारी यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन पनि क्याम्पसहरूलाई निर्देशन दिइएको छ।
यो परिपत्र त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका उपप्रशिक्षक सन्देश कुमार रेग्मीले हस्ताक्षर गरी जारी गरेका हुन्। पत्रको बोधार्थ उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा समेत पठाइएको छ।
यस निर्देशनसँगै त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा लामो समयदेखि रहेका दलसम्बद्ध विद्यार्थी संगठनका कार्यालय तथा संरचना हटाउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
गृहमन्त्रीको सवारीबाटै कालो स्टिकर हटाइयो, देशभर अभियान प्रभावकारी बनाइने

गृहमन्त्रीको सवारीबाटै कालो स्टिकर हटाइयो, देशभर अभियान प्रभावकारी बनाइने

गृहमन्त्रीको सवारीबाटै कालो स्टिकर हटाइयो, देशभर अभियान प्रभावकारी बनाइने...

आज कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, राति धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने

आज कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, राति धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने

आज कोशी, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, राति धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने...

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह...

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन...

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्