२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न—‘संसदमा मौन किन?’


अ+
अ-

काठमाडौं, बैशाख २ । जेनजी आन्दोलनकी नेता रक्षा बमले प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा सम्बोधन गर्न माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले संसदको पहिलो अधिवेशनदेखि हालसम्म प्रधानमन्त्रीको आवाज नसुन्न पाएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासअनुसार राष्ट्रलाई सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको बताएकी हुन्।
बमले चुनाव जितेपछि जनतालाई धन्यवाद दिन र परिवर्तनलाई स्वीकार्दै सम्बोधन गर्नुपर्ने दायित्व प्रधानमन्त्रीले पूरा नगरेको आरोप लगाएकी छन्। “कुरा कम, काम बढी” भन्ने धारणा व्यक्तिगत हुन सक्ने भए पनि संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु लोकतान्त्रिक जिम्मेवारी भएको उनको भनाइ छ।
उनले जनतालाई प्राविधिक समाधान मात्र नभई नेतृत्वको मनोवैज्ञानिक साथ पनि आवश्यक पर्ने उल्लेख गर्दै प्रधानमन्त्रीको मौनता उपयुक्त नदेखिएको बताएकी छन्। “नेताको निजी शैलीभन्दा लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यास महत्त्वपूर्ण हुन्छ,” उनले लेखेकी छन्।
साथै, प्रधानमन्त्रीलाई व्यक्तिगत शैलीमा शासन चलाउने सोच त्याग्न सुझाव दिँदै बमले हालको जनादेशलाई “उत्कृष्ट लोकतान्त्रिक अवसर” का रूपमा उपयोग गर्न आग्रह गरेकी छन्। उनले प्रधानमन्त्री सक्षम र सबल हुन सक्ने भए पनि आफूलाई असीमित ठान्ने भूल नगर्न चेतावनीसमेत दिएकी छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्