१५ असोज २०८३, बिहिबार

काठमाडौं महानगरको कार्यपालिका बैठकमा २७ विषयमा छलफल


अ
अ+
अ-

काठमाडौं, चैत २३ । काठमाडौं महानगरपालिकाको ४८औँ कार्यपालिका बैठकमा विविधसहित २७ वटा विषयमा छलफल गरिएको महानगरले जनाएको छ।
बैठकले विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ स्वीकृत गरेको छ। साथै, तीन वटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ। संशोधनका लागि सहमति पाएका कार्यविधिमा श्रम बैंक सञ्चालन कार्यविधि, २०८०, पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि, २०७८ र साझेदारी तथा लगानी ऐन, २०७९ रहेका छन्।
त्यसैगरी बैठकले एउटा कानुन, एउटा मापदण्ड र आठ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ। प्रस्तावित कानुनमा कार्यस्थलमा हुने लैङ्गिक हिंसा लगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्धको कानुन रहेको छ।
कार्यविधितर्फ होमस्टे दर्ता तथा नवीकरण, सामुदायिक विद्यालय सार्वजनिक खरिद, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन, प्रारम्भिक बाल विकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन, विशेष शिक्षा, वैकल्पिक शिक्षा, शैक्षिक गुठी सञ्चालन तथा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सहर व्यवस्थापनसम्बन्धी कार्यविधि तर्जुमा गर्ने सहमति भएको छ।
यसैगरी अस्थायी संरक्षण गृह सञ्चालनसम्बन्धी मापदण्ड तर्जुमा गर्न पनि बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको महानगरले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...

बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्