१४ असोज २०८३, बुधबार

देशभरका मुख्य राजमार्गमा अवरोध, धादिङको पृथ्वी लोकमार्ग खुल्यो तर अन्य सडक अझै बन्द


अ
अ+
अ-

काठमाडौं, असोज ८। लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्गमा आवागमन प्रभावित बनेको छ। नेपाल प्रहरीका अनुसार धादिङस्थित पृथ्वी लोकमार्ग खुले पनि चितवन, रसुवा, संखुवासभा र सिन्धुपाल्चोकका राजमार्ग अझै अवरुद्ध छन्।

धादिङको बेनिघाट–रोराङ गाउँपालिका–१० बादरेमोड नजिक सुख्खा पहिरो खसेपछि गत असोज ६ गते राति अवरुद्ध भएको पृथ्वी लोकमार्ग असोज ८ गते बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ। यद्यपि, फेरि पहिरो खस्ने सम्भावना भएकाले प्रहरीले यात्रु र चालकलाई सतर्क रहन अनुरोध गरेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा असोज ७ गते दिउँसो फेरि ठूलाे सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा बन्द छ।

यस्तै, वर्षा सक्रिय भइरहेका कारण विपी राजमार्गमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म भाडाका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने निजी सवारी सञ्चालनमा छ।

उत्तरतर्फ, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल–चिन नाका जोड्ने मितेरी पुल असार २४ गते बाढीले क्षति पुर्याएपछि यातायात पूर्णरूपमा बन्द छ।

पूर्वमा संखुवासभा भोटखोला गाउँपालिका–४ बरुणखोलामा ह्युम पाइप बगाउँदा कोशी राजमार्ग अवरुद्ध छ। वर्षायामभर यो खण्ड सुचारु हुन नसक्ने प्रहरीको भनाइ छ। त्यस्तै, संखुवासभाकै मकालु गाउँपालिका–३ एकुवामा पनि भदाै १५ गते पहिरो खसेपछि खाँदबारी–किमाथांका सडक खण्ड बन्द भएको छ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा भदाै ९ गते ठूलो पहिरो खस्दा करिब ६ मिटर सडक भासिएर अवरोध भएको छ।

नेपाल प्रहरीले प्रभावित सडक क्षेत्रमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट अद्यावधिक जानकारी लिन चालक र यात्रुलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्