काठमाडौं, फागुन ५ । जिल्ला प्रहरी परिसर काठमाडौंले २ केजी ९०० ग्राम चाँदीसहित एक जना यात्रुलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज ५ गते बिहान करिब ४ः०० बजे काठमाडौं महानगरपालिका–२, नागढुंगा चेकपोस्टमा चेकजाँचका क्रममा उक्त परिमाणको चाँदी बरामद गरिएको हो।
विरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०५–००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा संयुक्त प्रहरी टोलीले बसमा यात्रा गरिरहेका जिल्ला पर्सा, फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय आँसु श्रावलाई शंका लागी जाँच गरेको थियो। प्रहरीका अनुसार उनले आफ्नो साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकमा बेरी लुकाइछिपाई ल्याएको अवस्थामा २ केजी ९०० ग्राम चाँदीका दाना फेला परेको हो।
बरामद चाँदीको मूल्य १२ लाख १४ हजार ५२० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। उक्त चाँदीसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
अन्य लेखहरू: नेवाः टाइम्स
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment