१४ असोज २०८३, बुधबार

१३ सय वर्ष पुरानो महाँकाल मन्दिर पुनःनिर्माण कार्य सुरु


अ
अ+
अ-

काठमाडौं, असोज १३ । राजधानीको मुटु टुडिखेल छेउमा रहेको ऐतिहासिक महाँकाल मन्दिर पुनःनिर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। करिब १३ सय वर्ष पुरानो मानिने यो मन्दिर बज्ररयान बौद्ध धर्मसँग सम्बन्धित र तान्त्रिक साधना स्थल हो ।

२०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त बनेको यो मन्दिर लामो समयदेखि पुनःनिर्माण हुन सकेको छैन । विभिन्न निकाय र स्थानीय समुदायबीच सहमति नजुट्दा दशकौं ढिलाइ भए पनि अन्ततः २०८०/८१ को बजेटमा रकम विनियोजन भई २०८१ असार १९ गतेदेखि पुनःनिर्माण कार्य थालिएको हो।

महाँकाल मन्दिर चौघेरा सत्तलको पुनःनिर्माणमा करिब १० करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। निर्माण कार्य तीन वर्षभित्र अर्थात् २०८४ असार १९ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

नक्शाअनुसार ५८३.८१ वर्गमिटर क्षेत्रफलमा बन्ने नयाँ संरचनामा भुइँतलामा ९ वटा कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण कक्ष, छानामा परम्परागत बुइँगल र झिँगटी टायल रहनेछन्। साथै परम्परागत ढोका–झ्याल, काठका कलाकृति, हरियाली र पदयात्रा मार्गसमेत रहने गरी योजना बनाइएको छ।

संरक्षणकर्मीहरूको भनाइमा यो परियोजना केवल भौतिक पुनःनिर्माण मात्र नभई परम्परा, कला र संस्कृति जोगाउँदै नयाँ पुस्तालाई धरोहर हस्तान्तरण गर्ने महत्वपूर्ण यात्रा हुनेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्