१४ असोज २०८३, बुधबार

रिइम्याजिन ट्रेडिसन—२’ प्रदर्शनी सुरु


अ
अ+
अ-

काठमाडौं, मंसिर २२ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङको आयोजना र नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको सहकार्यमा सोमवार नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान नक्सालमा कला तथा डिजाइन विभागअन्तर्गत शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीहरूद्वारा कार्यशालाामा सिर्जित कलाकृति रिइम्याजिन ट्रेडिसन—२’ प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आजको विद्यार्थी पुस्ता नै भोलिको देशको हरेक क्षेत्रमा नेतृत्व गर्ने पुस्ता भएको बताउँदै सिर्जनशीलतामा लाग्न आह्वान गरेका थिए । विषयवस्तु, शिल्पअवधारणा र सिर्जनाको बौद्धिक अभ्यास साधनाका अर्थले महत्त्वपूर्ण रहेको बताउँदै उनले भावुकता, बौद्धिकता, प्राज्ञिकताको सामञ्जस्यबाट ज्ञानको निर्माण हुने विचार व्यक्त गरे ।

यस्ता प्रदर्शनीबाट विद्यार्थीहरूको कला कर्मको समीक्षा, मूल्याङ्कन तथा सिर्जनात्मक वातावरण तयार हुने बताउँदै उनले शिल्प—हस्तकला, वास्तुकला जीवनसँग जोडिएको र यसले सर्जकलाई आत्मनिर्भर बनाउनुका साथै समाजको अर्थतन्त्रमा समेत योगदान दिने बताए ।

औद्योगिक डिजाइनर माइक क्रझइकले यो प्रदर्शनी नितान्त विद्यार्थीहरूको स्वसिर्जना भएकाले विशेष रहेको बताए । साथै उनले प्रदर्शनीमा भौतिक र अभौतिक सम्पदा, संस्कृति झल्किने हस्तकलाका कलाकृति रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिपार्टमेन्ट अफ आर्ट एन्ड डिजाइनका प्रमुख सागर मानन्धरले रैथाने शिल्प—हस्तकलाको ज्ञानलाई समाजमा विस्तार गर्न पाठ्यक्रम नै लागु गरेर जानुपर्ने बताउँदै यो प्रदर्शनी प्रयोगात्मक रहेको बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्य एवं काठमाडौँ काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङका अध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्