१ असार २०८३, सोमबार

दक्षिण–पूर्व एशियामा टिबीकाे उच्च भार, नेपालमा पनि सुस्त सुधार : डब्ल्यूएचओ


अ+
अ-

काठमाडौं, मंसिर २। दक्षिण–पूर्व एशिया क्षेत्रमा क्षयरोग (टिबी) को भार विश्वमै सबैभन्दा उच्च देखिनुका बीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०२५ भित्रकाे ‘एण्ड टिबी’ लक्ष्य पूरा गर्न सरकारले थप तीव्र र परिणाममुखी कदम चाल्न जरूरी रहेको चेतावनी दिएको छ।

सन् २०२४ मा मात्र विश्वभर १ करोड ७ लाख मानिसमा टिबी देखिएको र १२ लाख ३० हजार को मृत्यु भएको डब्ल्यूएचओले सार्वजनिक गरेको ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट २०२५ मा उल्लेख छ।

दक्षिण–पूर्व एशिया क्षेत्र विश्व जनसंख्याको झन्डै एकचौथाइ मात्र भए पनि नयाँ टिबी संक्रमितको एक तिहाइभन्दा बढी यहीं देखिने क्रम जारी छ।

नेपालमा ६७ हजार नयाँ संक्रमित, मृत्यु घट्दै तर लक्ष्यअनुसार गति सुस्त

रिपोर्टअनुसार नेपालमा सन् २०२४ मा ६७ हजार नयाँ टिबी संक्रमित देखिएको अनुमान छ। मृत्युदरमा सन् २०१५ यता केही कमी आएको भए पनि कुपोषण, मधुमेह र आर्थिक भारले टिबी नियन्त्रणको गतिमा अवराेध भइरहेको डब्ल्यूएचओको विश्लेषणले देखाएको छ।

बङ्गलादेश, भारत, नेपाल, थाइल्यान्डलगायत देशमा टिबी सङ्क्रमण दर प्रति १ लाखमा १४६–२६९ को दायरामा रहेर क्रमशः घट्दो छ, तर आवश्यक लक्ष्यअनुसार पर्याप्त छैन।

दक्षिण–पूर्व एशियाभर स्थिति गम्भीर, नेपाल पनि जोखिम समूहमै

क्षेत्रका अन्य देशहरूको अवस्था पनि चुनौतीपूर्ण देखिएको छ—

म्यानमार र टिमोर–लेस्टे : प्रति १ लाखमा ४८०–५०० संक्रमित

बङ्गलादेश, भारत, नेपाल, थाइल्यान्ड : १४६–२६९ संक्रमित

श्रीलङ्का : ५०–९९

माल्दिभ्स : १०–४९

भारतमा मात्रै सन् २०२४ मा २७ लाख १० हजार, नेपालमा ६७ हजार, बङ्गलादेशमा ३ लाख ८४ हजार र म्यानमारमा २ लाख ६३ हजार मानिस टिबी प्रभावित भएको अनुमान छ।

हामीलाई गति, स्केल र प्रतिबद्धता चाहिन्छ” — डब्ल्यूएचओ

डब्ल्यूएचओ दक्षिण–पूर्व एशियाकी कार्यवाहक निर्देशक डा. काथारिना बोहेमेले क्षेत्रीय जोखिम उच्च रहेकाले तत्काल र दिगो हस्तक्षेप आवश्यक रहेको बताइन्। उनले भनिन्— “दक्षिण–पूर्व एशियामा टिबी गरिब र कमजोर समुदायलाई धेरै असर गर्ने रोगका रूपमा छ। अब आवश्यक छ—गति, स्केल र मजबूत राजनीतिक तथा आर्थिक प्रतिबद्धता। हामीलाई थाहा छ के काम गर्नुछ ; अब त्यसलाई व्यवहारमा उतार्ने बेला हो।”

उनका अनुसार क्षेत्रभरी उपचार कभरेज ८५ प्रतिशत नाघेको, उपचार सफलतादर विश्वमै उत्कृष्ट रहेको र एचआइभी संक्रमित तथा घरपरिवार सम्पर्कमा रहने समूहमा रोकथाम उपचार तीव्रगतिमा विस्तार भइरहेको छ।

यद्यपि, कुपोषण र मधुमेहले ८.५ लाख नयाँ केस थपिरहेको, टिबी संक्रमितका ४४ प्रतिशत परिवार आर्थिक रूपमा ‘क्याटास्टाफिक कस्ट’ भोगिरहेको, टिबी कार्यक्रमको बजेट वृद्धि ठप्प भएको

उल्लेख गर्दै उनले जटिल चुनौती अझै कायम रहेको बताइन्।

नेपालका लागि प्राथमिक सुझाब

डब्ल्यूएचओले नेपाललाई विशेष प्राथमिकताका साथ टिबी सेवा निरन्तर र सहज पहुँचमा राख्ने; प्राथमिक स्वास्थ्य सेवामा टिबी कार्यक्रम एकीकृत गर्ने; पोषण सहयोग, यातायात खर्च, नगद सहयोग जस्ता सामाजिक सुरक्षा उपाय विस्तार गर्ने; समुदाय–मैत्री कार्यक्रम र डिजिटल उपकरणमा लगानी बढाउने जस्ता कदम तिव्रताका साथ अघि बढाउन सुझाएको छ।

दक्षिण–पूर्व एशिया क्षेत्रमा टिबी नियन्त्रणमा केही प्रगति देखिए पनि सुधारको गति आवश्यक लक्ष्यअनुसार पर्याप्त छैन। नेपालमा पनि सङ्क्रमण र जोखिमकारकहरू उच्च रहेकाले पोषण, आर्थिक पहुँच, प्रारम्भिक परीक्षण र उपचार–अनुगमनमा सरकारले थप बलियो र दिगो प्रतिबद्धता जनाउन आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्