२८ भदौ २०८३, सोमबार

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह


अ+
अ-

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नदी तटीय क्षेत्रमा अब पुनःबस्ती नबसाउने बताएका छन्। उनले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थान पहिचान गरी नयाँ बस्ती विकास गर्ने तयारी सरकारले थालेको जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै उनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्दा उनीहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति तथा जीविकोपार्जनका आधारलाई समेत ध्यान दिनुपर्ने बताए।
“बस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,” प्रधानमन्त्री शाहले भने।
उनले सुरक्षित स्थानमा नयाँ बस्ती विकासका लागि स्थानीय जनप्रतिनिधिहरुलाई सम्भावित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न आग्रह गरे।
प्रधानमन्त्री शाहले बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। सरकारले आफूसँग उपलब्ध स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त हुने स्रोतसमेत पुनःस्थापनाका लागि प्रयोग गर्ने तयारी गरिरहेको उनले बताए।
उनले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको जानकारी दिए। सडक सञ्चालनमा आएपछि प्रभावित परिवारलाई पूर्ववत् अवस्थातर्फ फर्कन सहज हुने उनको विश्वास थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर काम भएकोमा खुसी व्यक्त गरे।
“यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ,” उनले भने।
प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले बाढीपछिको वास्तविक अवस्था बुझ्न र पुनःस्थापनाका प्राथमिकता पहिचान गर्न सहयोग पुगेको प्रधानमन्त्री शाहको भनाइ थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा...

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक

रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक...

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत...

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्