१० भदौ २०८३, बिहिबार

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग


अ+
अ-

काठमाडौं, भदाै ११ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा प्रभावित परिवारहरू विस्थापन, जनधनको क्षति र अत्यावश्यक सेवामा आएको अवरोधका कारण कठिन परिस्थितिको सामना गरिरहेका छन्।
बाढी प्रभावित समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपत्कालीन स्वास्थ्य सामग्री पठाएको छ। डब्लुएचओले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पर्याप्त हुने औषधि तथा स्वास्थ्य सामग्रीसहितको अन्तरसंस्थागत आपत्कालीन स्वास्थ्य किट पठाएको हो।
उक्त स्वास्थ्य किटबाट करिब १० हजार जनालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने डब्लुएचओले जनाएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न डब्लुएचओले ६ वटा बहुउद्देश्यीय टेन्टसमेत उपलब्ध गराएको छ।
बाढी प्रभावित क्षेत्रमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई प्रभावित नागरिकको तत्कालीन स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न यी सामग्रीले सहयोग गर्ने डब्लुएचओले जनाएको छ।
बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिको निरन्तर मूल्यांकन गर्दै स्वास्थ्य अधिकारी र साझेदार संस्थासँग समन्वय गरी आपत्कालीन स्वास्थ्य सेवा सुदृढ गर्न डब्लुएचओ प्रतिबद्ध रहेको जनाएको छ।
प्रभावित समुदायका नागरिकले कठिन परिस्थितिमा पनि आवश्यक स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले सहयोग र समन्वयलाई निरन्तरता दिने डब्लुएचओले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा...

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्