११ कार्तिक २०८३, बुधबार

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास


अ
अ+
अ-

काठमाडौं, साउन २५ । लामो समयदेखि प्रतीक्षामा रहेको पर्यटन विधेयकमाथि सम्बन्धित संसदीय समितिमा औपचारिक छलफल सुरु भएको छ।
समितिकी सभापति सुम्निमा उदासले पर्यटन क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्ने कानुन आवश्यक भए पनि विधेयकको हालको मस्यौदा नियमनतर्फ बढी केन्द्रित देखिएको बताएकी छन्।
विधेयकमाथिको छलफल सुरु भएपछि सभापति उदासले पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र भएको बताउँदै यसले रोजगारी सिर्जना, लगानी आकर्षण, स्थानीय समुदायको जीवनस्तर उकास्न तथा समग्र विकासलाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।
उनले भनिन्, “पर्यटनलाई प्रवर्द्धन र सहजीकरण गर्ने कानुन आवश्यक हुँदाहुँदै पनि हालको मस्यौदा भने नियमनतर्फ बढी केन्द्रित देखिन्छ।”
विधेयकबारे पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाबाट विभिन्न महत्वपूर्ण सुझाव प्राप्त भएको उनले बताइन्। सरोकारवालाका सुझावलाई समेट्दै विधेयकलाई थप प्रभावकारी र व्यावहारिक बनाउनुपर्नेमा उनले जोड दिइन्।
सभापति उदासले पर्यटन विधेयकले पर्यटक, स्थानीय समुदाय र व्यवसायलाई केन्द्रमा राख्नुपर्ने बताइन्।
“सबै सरोकारवालासँग खुला र रचनात्मक संवादमार्फत व्यावहारिक, प्रगतिशील र दूरदर्शी कानुन निर्माण गर्नुपर्छ,” उनले भनिन्।
उनका अनुसार यस्तो कानुनले नेपालको पर्यटन क्षेत्रको वास्तविक सम्भावना उपयोग गर्न तथा रोजगारी, लगानी र स्थानीय विकासमा पर्यटनको योगदान बढाउन महत्वपूर्ण आधार तयार गर्नेछ।
समितिले विधेयकमाथि सरोकारवालासँग थप छलफल गरी प्राप्त सुझावका आधारमा विधेयकलाई अघि बढाउने तयारी गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्