११ कार्तिक २०८३, बुधबार

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य


अ
अ+
अ-

काठमाडौं, साउन २२ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा पूर्वाधार सम्पर्कको प्रभावकारी सेतुका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले सरकारको मुख्य जोड आर्थिक कूटनीतिलाई सुदृढ बनाउने र सीमापार सम्पर्क विस्तारमार्फत क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने रहेको बताए।
उनले नेपालको भौगोलिक अवस्थाले चीन र दक्षिण एसियाबीच व्यापार, लगानी, यातायात, ऊर्जा तथा पूर्वाधार विकासमा महत्वपूर्ण पुलको भूमिका खेल्न सक्ने उल्लेख गरे। यही सम्भावनालाई उपयोग गर्दै नेपालले क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धिलाई अघि बढाउने नीति अवलम्बन गरेको उनको भनाइ थियो।
मन्त्री खनालले बहुध्रुवीय विश्व व्यवस्थामा परम्परागत कूटनीतिभन्दा आर्थिक सहकार्य, सम्पर्क सञ्जाल विस्तार र पारस्परिक हितमा आधारित साझेदारीको महत्व बढ्दै गएको उल्लेख गर्दै नेपाल त्यस दिशामा सक्रियतापूर्वक अघि बढिरहेको बताए।
उनले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि नेपालले सन्तुलित, सहयोगमुखी र आर्थिक कूटनीतिमा आधारित परराष्ट्र नीतिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्