११ कार्तिक २०८३, बुधबार

ग्यास अभावबारे छलफलमा आयात बढाउने र वितरण प्रणाली सुदृढ गर्ने निर्णय


अ
अ+
अ-

काठमाडौं, साउन १९ । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्यालाई लिएर मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ।
छलफलमा विभिन्न मन्त्रालयका सचिव, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगी सहभागी भएका थिए। बैठकमा बजारमा देखिएको ग्यास अभावको अवस्था, त्यसका कारण र तत्काल समाधानका उपायबारे विस्तृत छलफल भएको थियो।
ग्यास उद्योगीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेकाले माग एक्कासि बढेको जानकारी दिएका थिए।
छलफलमा आगामी चाडपर्वलाई लक्षित गर्दै ग्यास आयात बढाउने, आपूर्ति व्यवस्थालाई सहज बनाउने र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ गर्ने निर्णय भएको छ।
मुख्य सचिव कार्कीले ग्यास आपूर्ति र वितरणमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सरोकारवाला निकायसँग आगामी दिनमा पनि निरन्तर छलफल र समन्वय जारी राखिने बताएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्