११ कार्तिक २०८३, बुधबार

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन


अ
अ+
अ-

काठमाडौं, साउन ११ ।दसञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा पुगेर अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापनको कामको प्रगति अनुगमन गरेका छन्।
अनुगमनका क्रममा दुवै मन्त्रीले सम्बन्धित सेवाप्रदायक संस्थाहरूले गरिरहेको कामको स्थलगत निरीक्षण गर्दै तोकिएको समयसीमाभित्र तार व्यवस्थापनको काम सम्पन्न गर्न निर्देशन दिएका छन्। उनीहरूले थप ऊर्जा, जिम्मेवारी र दृढताका साथ काम अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्।
अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको संयुक्त आयोजनामा गत असार ३१ गते अन्तरनिकाय बैठक बसेको थियो। सोही बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न मन्त्रीद्वय काठमाडौंका विभिन्न स्थानमा पुगेका हुन्।
अनुगमनपछि सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत जलस्रोतमन्त्रीसँगको संयुक्त अनुगमनलाई हल्का व्यंग्यात्मक शैलीमा उल्लेख गर्दै लेखेका छन्, "जलस्रोत मन्त्रीसँग निस्किएकोले जलको पर्वाह पनि गर्न पाइएन आज!"
अव्यवस्थित तथा प्रयोगविहीन तार व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्