११ कार्तिक २०८३, बुधबार

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ


अ
अ+
अ-

काठमाडौं, साउन १० । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र ह्वाट्सएप समूहमा सार्वजनिक गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बस्ने ३२ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार साउन ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ (अर्गनाइजेसनल बिहेभियर) विषयको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको थियो। प्रश्नपत्र सार्वजनिक हुँदा परीक्षाको गोपनीयता भङ्ग भएको भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको जनाएको छ।
अनुसन्धानका क्रममा सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै सञ्चालनमा रहेकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। प्रश्नपत्र सार्वजनिक गर्ने वा त्यस्तो कार्यमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि ब्युरोले दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्