११ कार्तिक २०८३, बुधबार

आज पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


अ
अ+
अ-

काठमाडौं, असार २९ । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) देशका विभिन्न क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने विभागले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षाका कारण पहिरो, भूक्षय, आकस्मिक बाढी, नदी तथा खोलामा पानीको सतह बढ्ने र सहरी क्षेत्रमा डुबान हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान, नदी तथा खोलानालाको सतहबारे जानकारी राख्न र मौसमसम्बन्धी अद्यावधिक सूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्