काठमाडौं, जेठ १५ । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबवृद्धिको घोषणा गरेका छन्। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमार्फत शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै कर्मचारीको तलब वृद्धिकाे घाेषणन गरेका हुन् ।
विगत चार वर्षदेखि बजेटमा कर्मचारीहरूको तलब पुनरवलोकन भएको थिएन। कर्मचारीहरूलाई खुसीको खबर दिने क्रममा उनले मर्यादित जीवनयापनका लागि पारिश्रमिक वृद्धि गर्नुपर्ने महसुस गरेको बताए।
कर्मचारीहरूकाे तलब वृद्धिबाट खाइपाइ आएको पारिश्रमिकमा २१ प्रतिशतसम्म वृद्धि हुनेछ ।
मन्त्री वाग्लेले यसबाट ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने बताए।
उनले भने, "कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक रु ४० हजार देखि रु १ लाख माथि कायम हुने छ।" कर्मचारीको तलब आगामी साउन महिनादेखि वृद्धि हुनेछ ।
अन्य लेखहरू: नेवाः टाइम्स
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...
एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए
एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment