काठमाडौँ, जेठ १२ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
जारी चेतावनीअनुसार कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हावाहुरीको प्रभाव देखिन सक्ने जनाइएको छ ।
कोशी प्रदेशअन्तर्गत झापा र मोरङ, मधेश प्रदेशअन्तर्गत बारा, पर्सा, सर्लाही तथा धनुषा, बागमती प्रदेशअन्तर्गत मकवानपुर र चितवन, गण्डकी प्रदेशअन्तर्गत नवलपुर र तनहुँ तथा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीसहित आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको सूचनामा उल्लेख छ ।
नेपाल वेदर फोरकास्टले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन, कमजोर संरचनाबाट टाढा बस्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
अन्य लेखहरू: नेवाः टाइम्स
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता
विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...
एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए
एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा
भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment