२९ भदौ २०८३, मंगलबार

कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना


अ+
अ-

काठमाडौँ, वैशाख १८ । काठमाडौँ महानगरपालिकाको-१९ कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना गरिएको छ । वुद्ध जयन्तीको अवसर पारेर आज वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले मूर्ति सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएको मूर्तिलाई करिब ४ फिट अग्लो आसनमा राखिएको छ । यसको निर्माण लागत करिब २८ लाख रुपियाँ रहेको वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।  
‘यस स्थानलाई हामीले वुद्ध पार्क नामाकरण गरेका छौँ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँछौँ । त्यसपछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ ।’ श्रेष्ठले बताए, ‘निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।’
मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयहरुले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका थिए । त्यसपछि नमूना विहारमा वुद्धको पूजाआराधना गरिएको थियो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्