काठमाडौं, वैशाख १५ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट राजपुर नगरपालिका-६ घर भएका २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ।
पक्राउ मध्ये दिपकले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र मोहनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट सोमबार र मोहनलाई काठमाडौं महानगरपालिका-६ बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अन्य लेखहरू: नेवाः टाइम्स
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा...
रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक
रसुवा–भोटेकोशी बाढी : क्षति २ खर्ब ७४ अर्ब, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक...
बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत
बाढी प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत...
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment