काठमाडौं, वैशाख १४ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार बबरमहलस्थित विभागमा कार्यरत चौधरीले खाद्य उद्योगको अनुमतिपत्र नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर दुःख हैरानी दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट चौधरीले विभिन्न बहाना बनाएर सेवाग्राहीसँग बार्गेनिङ गर्दै ३० हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर गर्दै बिगो ३० हजार रुपैयाँ कायम गरी कैद तथा सोही बराबर जरिवाना मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा घटनासम्बन्धी थप कानुनी प्रक्रिया अगाडि बढाइएको उल्लेख गरिएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...
जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’
जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...
कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने
कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment