२९ भदौ २०८३, मंगलबार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन


अ+
अ-

काठमाडौं, वैशाख ९ — सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न सरकारले निर्देशन दिएको छ। यातायात व्यवस्था विभागले हालै यातायात व्यवसायी तथा सरोकारवाला निकायलाई परिपत्र गर्दै उक्त सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो।

विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पालना गर्न स्मरण गराएको जनाएको छ।

इन्धनको मूल्यवृद्धिपछि कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढ्दै गएपछि विभागले पुनः सक्रियता देखाएको हो। विभागका अनुसार हेलो सरकार तथा गुनासो पेटिकामा विद्यार्थीहरूले तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै लगातार उजुरी दर्ता गराएका छन्।

यस्तै, विद्यार्थी परिचयपत्र देखाउँदा पनि चालक तथा सहचालकले सहुलियत दिन अस्वीकार गर्ने, दुर्व्यवहार गर्ने तथा अपमानजनक व्यवहार गर्ने गुनासोसमेत प्राप्त भएपछि विभागले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ।

विभागले सार्वजनिक यातायात सेवा प्रदायकलाई विद्यार्थीमैत्री व्यवहार अपनाउन र सरकारद्वारा निर्धारित छुट सुविधा तत्काल प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्